दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन काठमाण्डुमा

काठमाण्डु टुडे २०७१ असोज २९ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, २९ असाेज –  असोज ३१ र आगामी कात्तिक १ गते काठमाण्डुमा दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित अमेरिका, स्विडेन, बङ्गलादेश, बेलायत, पाकिस्तान र भारतका गरी २१ विज्ञले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।

क्यान्सर केयर नेपालको नेतृत्वमा नेसनल क्यान्सर अस्पताल, वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपाल, नेपाल अन्कोलोजिकल सोसाइटी, सुरेश वाग्ले मेमोरियल क्यान्सर आयोजना, युनिभर्सिटी अफ कन्सस र सेन्ट जोसेफ रेजिनल क्यान्सर सेन्टर एन्ड ब्लड इन्स्टिच्युटको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा नेपालमा क्यान्सरको चुनौतीलाई मुख्य रुपमा उठाइने क्यान्सर केयरका अध्यक्ष चिकित्सक मदनकुमार पियाले जानकारी दिए ।  उक्त सम्मेलनमा १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ। नेपालमा हाल करिब ५० हजारको सङ्ख्यामा क्यान्सर रोगी रहेको सरकारी तथ्याङ्क छ।

नेपालमा विशेषगरी फोक्सो, स्तन, पाठेघर, पाचनप्रणाली र रगतको क्यान्सरका रोगी बढिरहेको बताइन्छ। बर्सेनि ४० हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको बताइन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us