चिनियाँ पदयात्रीको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ६:४३ मा प्रकाशित

पोखरा, ३१ असोज – अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकमा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ ।

अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केपछि घान्द्रुकको भुराज भन्ने ठाउँमा बास बस्नेक्रममा बिहीबार राति उनको मृत्यु भएको पदयात्राबाट फर्केका बुद्धिमान तामाङले जानकारी दिए । मृतकको नाम खुलेको छैन ।

अन्नपूर्ण पदयात्रा मार्गमा पदयात्राका लागि जाने पदयात्रीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।

यसवर्ष दैनिक ३ सय भन्दा बढी विदेशी पदयात्री र झन्डै १ सय जना आन्तरिक पदयात्री बीरेठाँटी हुँदै पदयात्रामा निस्केका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us