राति घरमा सुतेकी महिला बलात्कार गर्न खोज्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ४:४४ मा प्रकाशित

काभ्रे, ३१ असोज– घरमा सुतिरहेकी महिलालाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय नारायणप्रकाश श्रेष्ठ छन् । उनीमाथि बनेपा नगरपालिका–११ बुडोलस्थित घरमा सुतिरहेकी महिलालाई जबर्जस्ती गर्न खोजेको आरोप लागेको छ । मध्य रातमा श्रेष्ठले आफूलाई जर्बजस्ती करणी गर्न खोजेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us