भारतबाट २१ नेपाली बालश्रमिकको उद्धार

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ९:४३ मा प्रकाशित

रौतहट, ३१ असोज – भारतबाट २१ नेपाली बालकलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

child laborभारतीय सहर बैंग्लोरेको डिजेअली भन्ने स्थानमा रहेको ब्याग बनाउने कारखाना र मुम्बइका विभिन्न कारखानाहरुमा जोखिमपूर्ण काम गरिरहेका १० देखि १५ वर्ष उमेरका २१ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालयमा अभिभावकको जिम्मा लगाइएको छ ।

भारतको बैगलोरमा रहेको डिजेअली भन्ने ठाउंमा रहेको झोला कारखानामा काम गरीरहेको अवस्थामा भारतीय प्रहरीले छापामारी गरी नेपाली र भारतीय गरी ६८ जना बालकहरुको उद्धार गरेको थियो । जसमध्ये रौतहट जिल्लाका २० र बाराको १ जना बालकहरु छन् ।

मुज्जफरपुरमा बाल गृह संचालन गर्न जिम्मेवारी पाएका निर्दोष नामक संस्थाले बालकहरुलाई नेपाल फर्काउन जिल्ला बाल कल्याण समिती रौतहट र महिला तथा बालबालिका सेवाकेन्द्र रौतहटलाई जानकारी गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us