गंगामायाको जीवन रक्षा गर्न सरकारलाई आग्रह

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ९:४८ मा प्रकाशित

काठमाण्डु , ३१ असोज – माओवादी पिडित संघले आमरण अनसनरत गंगामाया अधिकारीका माग पुरा गर्न सरकारसंग आग्रह गरेको छ ।

piditशुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले सरकारको उदासिनताको कारण न्यायको लागि निरन्तर लडाईमा रहेका नन्दप्रसाद अधिकारीले ज्यान गुमाउनु परेको उल्लेख गर्दै फेरि पनि सरकारले गंगामायाको माग पुरा नगरे आफूहरु बाध्य भएर गृहयुद्धमा होमिने चेतावनी दिएको छ ।

संघले द्धन्द्धपीडितहरुको एकिन तथ्यांक सरकारले सार्वजनिक गर्नुपर्ने, विस्थापितलाई स्थापित गरिनुपर्ने,अपराधिका नायकलाई कानूनी कठघरामा उभ्याउनुपर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन २०७१ असंवैधानिक भएको भन्दै तत्काल बन्द गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

संघका अध्यक्ष कल्याण बुढाथोकीले अहिलको अवस्थामा पनि पीडक हरतरहले पुरस्कृत हुादै गएको र पीडितलाई सधैं पीडा दिने काम भएको भन्दै सरकारको कामप्रति आपत्ति जनाएका छन् । बुढाथोकीले भने–‘‘ सरकारले गंगामायाको जीवन रक्षा गर्नुपर्‍यो । मानव अधिकारको रक्षा हुनुपर्छ । पीडितहरुका ला िछिटो भन्दा छिटो पूर्नस्थापनाका प्याकेज ल्याउनुपर्छ ।’’

बुढाथोकीले देशलाई निकास दिनका लागि पनि तोकिएकै मिति माघ ८ गते नै संविधान जारी गुर्नपर्ने धाराणा पनि राखेका छन् । उनले माघ ८ मा संविधान ल्याउन नसके २०४७ को संविधानलाई टेकेर भएपनि देशलाई निकास दिनुपर्ने बताए ।

त्यस्तै टोकनाथ शर्माले पनि आफूहरुलाई सरकारले ज्यादै हेला गरेको भन्दै गुनासो गरेका छन् । शर्माले ३५९ दिनदेखि आमरन अनशनमा रहेकी गंगामाया दिनप्रतिदिन कमजोर बन्दै गएकी भन्दै तत्काल सरकारले उनको माग पूरा नगरे बाध्य भएर आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।
कार्यक्रममा पदमा शाही, ज्ञानेन्द्र राजा आरन, कमला राईले पनि आ–आफ्नो धारणा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us