तिहारमा राति ७ बजेपछि देउसी खेल्न नपाइने

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ९:१५ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न नपाइने सूचना गृहमन्त्रालयले जारी गरेको छ ।

deusiगृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेपछि देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न रोक लगाएको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्यांउन सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।

विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ ।

Dausi-vailo

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us