प्युठान, २५ मंसिर– प्युठानको एक विद्यालयमा रु एक लाख ४१ हजार १११ को विद्यालय अक्षय कोष स्थापना भएको छ । रम्दी–१ तिग्राको वागिश्वरी निम्न माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र शिक्षाको पहुँचमा आउन नसकेकालाई शिक्षाको पहुँचमा ल्याउन भन्दै अक्षयकोषको स्थापना गरिएको हो । सोही...
कास्की, २५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुमा मात्रै सक्रिय छैन । यसको पश्चिमाञ्चल कार्यालय, पोखरामा पनि आर्थिक वर्ष २०७०/०७१ मा एक हजार ३२ वटा उजुरी परेका छन् । अख्तियारका उपसचिव लोकमणि बस्यालका अनुसार तीमध्ये १३१ फर्सयाेट भएको छ भने सातवटा मुद्दा विशेष अदालतमा...
काठमाण्डु, २५ मंसिर– सरकारले भारतीय योग गुरु स्वामी रामदेवलाई पतञ्जली योगकेन्द्रका विभिन्न उत्पादनको उद्योग खोल्न नि:शुल्क जग्गा उपलब्ध गराउने भएको छ । भारत भ्रमणमा रहेका उद्योगमन्त्री महेश बस्नेतले रामवेदलाई सरकारी जग्गा उपलब्ध गराउने भएका हुन् । बस्नेतसँग हरिद्वारमा हालै भएको भेटमा रामदेवले नेपालमा पतञ्जली...
बागलुङ, २५ मंसिर– लगानी र मिहिनेतअनुसार नेपाली हातेकागजले मूल्य नपाएपछि उद्यमी निरास बनेका छन् । जिल्लाको तमान गाविसमा कुनै बेला फस्टाएको हाते कागजको उत्पादन अहिले ह्वात्तै घटेको छ । दर्जनौँ उद्यमीले चलाएको हातेकागज उद्योग अहिले बन्द भएका छन् । एकाध व्यक्तिले मात्रै हाते कागज बनाइरहेका...
काठमाण्डु, २५ मंसिर– प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै राजधानीमा केही दिनअघि युवती हत्या गरेर भागेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जगदीका २७ वर्षीय गाडी चालक विमलेशप्रसाद यादव रेहको प्रहरीले जनाएको छ । बुधबार उनलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको...
धनगढी, २५ मंसिर- धनगढी नगरपालिका–४ बाट एक व्यक्तिलाई बुधबार साँझ प्रहरीले पुरातात्विक महत्वको अष्ठधातु बुद्धको मूर्तिसहित पक्राउ गरेको छ । स्थानीय मिठ्ठू स्वाँरको घरमा तीन करोडको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा क्षेत्रीय अपराध अनुसन्धान समूह सेती, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी...
कालिकोट, २५ मंसिर– विद्यालयमा कम्प्युटर शिक्षाका लागि प्रदान गरिएका कम्प्युटर सोलार जडान गर्न नसक्दा कोठामा थन्किएका छन् । जिल्ला शिक्षा कार्यालय कालीकोटले आर्थिक वर्ष २०७०/०७१ मा जिल्लाका माध्यमिक विद्यालयका लागि पहिलो चरण कम्प्युटर खरिदका लागि रु १ लाख ४० हजार प्रदान गरी अधिकांश विद्यालयले...
बुटवल, २५ मंसिर– आफ्नै ससुराको हत्या गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ । ससुरा रुपन्देही मोतिपुर–१ का श्यामसुन्दर थारुको हत्या गर्ने ज्वाइँ रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । ससुराको हत्या गरी भारततर्फ भाग्दै गरेको अवस्थामा रुपन्देहीमा पक्राउ परेका चौधरीलाई प्रहरीले पत्रकार सम्मेलन...
वीरगन्ज, २५ मंसिर– समाजका उपल्लो जातका भनिएका व्यक्तिहरुले दलितले पानी रिस गरेर सार्वजनिक पानीको चापाकलको धारा खोलेर लुकाइदिएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । जिल्लाको बैरियाबिर्ता गाविस–५ नौतजका स्थानीय उपल्लो जात भनिएका केही व्यक्तिले सोही ठाउँमा रहेको धारा खोलेर लगेपछि सो ठाउँका...
भक्तपुर, २५ मंसिर– राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानव अधिकार रक्षाका लागि आयोगले ६ वर्षे रणनीतिक योजना बनाउन लागेको बताएका छन् । ६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपाल बार एसोसिएसन भक्तपुर, मानव अधिकार समितिलगायत विभिन्न संस्थाले संयुक्त रुपमा बुधबार भक्तपुरमा...
काठमाण्डु, २५ मंसिर– लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा राष्ट्रिय महिला आयोगमा हिंसासम्बन्धी १२ घटना दर्ता भएका छन् । अभियानको अन्तिम दिन बुधबार आयोगमा भएको समापन कार्यक्रममा आठ घरेलु हिंसा र चार महिला हिंसाका घटना दर्ता भएको आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले बताइन् । साइबर...
काठमाण्डु, २५ मंसिर– महिलाविरुद्ध हुने हत्या, हिंसालगायत सबै प्रकारका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालद्वारा बुधबार काठमाण्डुमा आयोजित ‘आन्तरिक शान्ति तथा महिला सशक्तीकरणका लागि आध्यात्मिकता’ विषयक...