काठमाण्डु, २५ मंसिर– प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै राजधानीमा केही दिनअघि युवती हत्या गरेर भागेका युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा जगदीका २७ वर्षीय गाडी चालक विमलेशप्रसाद यादव रेहको प्रहरीले जनाएको छ । बुधबार उनलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उनले काठमाण्डुको मैतीदेवीमा गत शनिबार साथीको बिहेमा जाँदै गरेकी २९ वर्षीया ऋतु महासेठको छुरी हानी क्रुरतापूर्वक हत्या गरेका थिए ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी उत्तम कार्कीले यादवले एकतर्फी प्रेममा परेर युवती हत्या गरेको बताए । उनका अनुसार यादवले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।