
बुटवल, २५ मंसिर– आफ्नै ससुराको हत्या गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ । ससुरा रुपन्देही मोतिपुर–१ का श्यामसुन्दर थारुको हत्या गर्ने ज्वाइँ रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
ससुराको हत्या गरी भारततर्फ भाग्दै गरेको अवस्थामा रुपन्देहीमा पक्राउ परेका चौधरीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रामप्रसादले आफ्नी श्रीमतीलाई ८ दिनअघि ससुराले अन्तै विवाह गरिदिएको रिसमा हत्या गरेको स्वीकार गरेका छन् ।