समाचार

बलात्कार गर्नेलाई छ वर्षको जेल सजाय

२०७१ मंसिर २४ गते १३:०३

भक्तपुर, २४ मंसिर– पन्ध्र वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले छ वर्षको जेल सजाय सुनाएको छ । अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले आज दिएको जानकारीअनुसार न्यायाधीश नागेन्द्रलाल कर्णको इजालासले मध्यपुर थिमी नगरपालिका–११ बस्ने वर्ष २२ का विशाल खड्गीलाई छ वर्ष जेल सजाय...

गृहमन्त्री नै यसो भन्छन्, अनि कसले रोक्ने त अपराध ?

२०७१ मंसिर २४ गते १३:०३

काठमाण्डु, २४ मंसिर– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल अपराधीहरुको ट्रान्जिट प्वाइन्ट भएको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाल अन्तर्राष्ट्रिय अपराधीहरुको ट्रान्जिट प्वाइन्ट भएको बताएका हुन् । गौतमले अपराधीलाई कानुनी कठघरामा ल्याउन तस्करी र अपराध रोक्नु चुनौती रहेको उल्लेख...

अमेरिकामा माउस चलाएर नेपालमा अपराध गर्ने को हो ?

२०७१ मंसिर २४ गते १२:३५

काठमाण्डु, २४ मंसिर– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठित अपराधीहरुको गिरोहले ‘अमेरिकामा माउस चलाएर नेपालमा अपराध’ गर्ने गरेको बताएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा बुधबार आयोजित ५९ औं प्रहरी अनुसन्धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । यद्यपि उनले त्यस्तो समूहको नाम भने उल्लेख गरेनन्...

२४ घण्टाभित्र बलात्कारीको हत्या गर्नेलाई कारबाही नहुने

२०७१ मंसिर २४ गते १२:२१

काठमाण्डु, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी...

बादलले सिन्धुलीबाट भने, ‘प्रचण्डसँग छिट्टै एकता गर्छौं’

२०७१ मंसिर २४ गते १२:०५

सिन्धुली, २४ मंसिर– नेकपा–माओवादीका सचिव रामबहादुर थापा ‘बादल’ ले एमाओवादीसँग पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । सिन्धुलीमाढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले एउटा कुरा मिल्ने बित्तिकै पार्टी एकता हुने बताए । ‘हामीले पार्टी एकताका लागि ६ वटा आधार पेस गरेका थियौ’,...

विदेशिएका ३५ लाख युवा फर्काउने प्रधानमन्त्रीको सपना

२०७१ मंसिर २४ गते १०:५४

पोखरा, २४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले विदेशिएका युवाहरुलाई स्वेदश फर्काउने गरी आर्थिक क्रान्ति हुने विश्वास व्यक्त गरेका छन् । उनले देशमा विकासको ढोका खुलिसकेकाले दश वर्षभित्र विकासको कायपलट हुने दाबी गरे । नेपाल पर्वतारोहण सङ्घ पोखराले आजदेखि रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सुरु गरेको तीनदिने...

जहाँ एक गाग्रो पानी लिन तीन घन्टा धाउनुपर्छ

२०७१ मंसिर २४ गते १०:३७

खोटाङ, २४ मंसिर– उत्तरी गाविस बडकादियालेस्थित बगैँचा गाउँमा खानेपानीको हाहाकार भएको छ । नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर–५ मा पर्ने बगैँचा गाउँका नौ घर दलितसहित १७ घरपरिवारमा विगत दुई वर्षदेखि खानेपानीको समस्या भएको हो । गाउँको नजिकमा रहेका धारा तथा कुवा सुकेपछि...

संविधान सभामा बाबुरामले भने : ‘राजनीति विनाशकारी विकल्प हो’

२०७१ मंसिर २४ गते ७:४३

काठमाण्डु, २४ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले बुधबार संविधान सभाको बैठकमा राजनीति भनेको विनाशकारी विकल्प भएको बताएका छन् । एकीकृत माओवादीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईको संवैधानिक समितिको प्रतिवेदन बुझाउने क्रममा गरेको सम्बोधनको पूर्ण पाठ प्रस्तुत छ : सम्माननीय...

गोरखाकी युवतीको नुवाकोटमा हत्या

२०७१ मंसिर २४ गते ७:११

नुवाकोट, २४ मंसिर – गोरखाकी एक युवतीको नुवाकोटको सुनखानीमा हत्या भएको छ । गोरखा जिल्ला थालाजुङ गाविस–९ की २३ वर्षीया रीता गुरुङको मङ्गलबार राति नुवाकोटको सुनखानी गाविस–७ छहरे–टोखा सडकखण्ड नजिकै चाँपे वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा...

मोदी गएनन् तर मोदीका दुत गएर लुम्बिनीमा रुख रोपे

२०७१ मंसिर २४ गते ७:०६

रुपन्देही, २४ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा रोप्ने भनिएको बोधिवृक्ष नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आज बिहान रोपेका छन् । गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा रहेको बोधिवृक्षको कलमी बिरुवा राजदूत रेले रोपेका हुन् । बोधगयाबाट ल्याइएको उक्त बोधिवृक्ष मायादेवी...

प्रदेश सभालाई नाम राख्न दिने सहमति भएको छैन: प्रचण्ड

२०७१ मंसिर २४ गते ६:२१

काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख दलहरुबीच प्रदेश सभाको नाम र निर्वाचन प्रणालीबारे सहमति भएको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन् । राष्ट्रपति रामवरण यादवसँग मुलुकको पछिल्लो अवस्था र संविधान निर्माण प्रक्रियाबारे छलफल गरेर बाहिरिने क्रममा शीतलनिवासमा सञ्चारकर्मीसँग उनले...

शारीरिक सम्पर्क गर्न नदिएको भन्दै श्रीमानले गुप्तांगमा फलाम कोचेपछि…

२०७१ मंसिर २४ गते ६:०३

नेपालगञ्ज– २४ मंसिर– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बाँकेमा एक श्रीमानले यौन सम्पर्क गर्न नमानेको भन्दै श्रीमतिको यौनाङ्गमा फलामे रड कोचिदिएका छन् । नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका कर्मचारी लोकेन्द्र गिरीले शारीरिक सम्पर्क गर्न नमानेको भन्दै ४५ वर्षीया पत्नि तारादेवी देवकोटामाथि त्यस्तो दुव्र्यवहार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us