मोदी गएनन् तर मोदीका दुत गएर लुम्बिनीमा रुख रोपे

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ७:०६ मा प्रकाशित

रुपन्देही, २४ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा रोप्ने भनिएको बोधिवृक्ष नेपालका लागि भारतीय राजदूत रञ्जित रेले आज बिहान रोपेका छन् ।

Narendra Modi Full Hd Wallpaper - srahir.tumbr.com (10)

गौतम बुद्धले ज्ञान प्राप्त गरेको बोधगयामा रहेको बोधिवृक्षको कलमी बिरुवा राजदूत रेले रोपेका हुन् । बोधगयाबाट ल्याइएको उक्त बोधिवृक्ष मायादेवी मन्दिरको पश्चिमपट्टि रोपिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा आएर वृक्षरोपण गर्ने कार्यक्रम रहेपनि कार्यव्यस्तताका कारण आफूले रोप्न नपाएपछि आफ्नो तर्फबाट राजदूत रेलाई वृक्षरोपण गर्न पठाएको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिए ।

भगवान् गौतमबुद्धको जीवनसँग सम्बन्धित रहेको बोधिवृक्षरोपणले लुम्बिनीको महत्व झनै बढेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us