अमेरिकामा माउस चलाएर नेपालमा अपराध गर्ने को हो ?

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १२:३५ मा प्रकाशित

Upendraकाठमाण्डु, २४ मंसिर– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठित अपराधीहरुको गिरोहले ‘अमेरिकामा माउस चलाएर नेपालमा अपराध’ गर्ने गरेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयद्वारा बुधबार आयोजित ५९ औं प्रहरी अनुसन्धान दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । यद्यपि उनले त्यस्तो समूहको नाम भने उल्लेख गरेनन् ।
अर्यालले उक्त गिरोह शक्तिशाली भएकाले नियन्त्रणमा लिन नसकिएको स्वीकार गरे । उनले क्षमता र प्रविधिको अभावमा नेपाल प्रहरी सो गिरोहसम्म पुग्न नसकेको भन्दै लाचारी प्रस्तुत गरे ।
‘अमेरिकामा कम्युटरको माउस चलाएर नेपालमा अपराध गर्छन्’, अर्यालले भने, ‘नेपाल प्रहरीसँग  त्यो माउस रोक्न सक्ने प्रविधि छैन ।’ अर्यालले नेपालमा अपराध गरेको व्यक्ति तीन घण्टाभित्रै मलेसिया पुग्ने गरेको खुलासा पनि गरे ।
उनले आवश्यक प्रविधिको अभावमा अनुसन्धान प्रभावकारी हुन नसकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us