२४ घण्टाभित्र बलात्कारीको हत्या गर्नेलाई कारबाही नहुने

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १२:२१ मा प्रकाशित

rapeकाठमाण्डु, २४ मंसिर– बलात्कारीलाई घटनाको २४ घण्टाभित्र हत्या गरे कानुन नलाग्ने व्यवस्थासहितको कानुन बन्ने भएको छ ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो कडा प्रावधानसहितको व्यवस्था लागू गर्न प्रस्ताव गरिएको हो । हालको ऐनमा बलात्कारीलाई घटनाको एक घण्टाभित्र पीडितले हत्या गरेमा कानुनी कारबाही नहुने व्यवस्था छ ।

विधेयकबारे छलफल गर्न बुधबार आयोजित कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीले यस्तो जानकारी दिएकी हुन् ।

उनले राज्यका हरेक तहमा महिलाहरुको समान सहभागिता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने बताइन् ।
उनले महिला हिंसा अन्त्यको अभियान घरबाटै सुरु हुनेपर्ने उल्लेख गरिन् ।

‘प्रत्येक नेपालीलाई म हिंसा गर्दिन र हिंसाविरूद्ध आवाज उठाउँछु’ भन्ने प्रतिबद्धता जाहेर गर्न उनले आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us