तनहुँ, २४ मंसिर– तनहुँको आँबुखैरेनी गाविस–५ स्थित भीमसेन होटलमा बास बसेका एक व्यक्ति बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएका छन् । गोरखाको तान्द्राङ गाविस–९ काउले निवासी वर्ष ४५ का हरिप्रसाद बन्जारा मङ्गलबार मृत अवस्थामा भेटिएका हुन् । मंसिर २१ गते कुखुराको चल्ला लिन भनी घरबाट...
काठमाण्डु, २४ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीच अस्थायी युद्धविराम भएको विषयले पार्टीभित्रै तरंग पैदा गराएको छ । प्रचण्ड र बाबुरामबीच केही समयअघि पद बाँडफाँडमा कुरा मिलेपछि लफडा केही सल्टिएको ठानिएका बेला उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रुष्ट भएका हुन् ।...
एजेन्सी– पाकिस्तानमा बालिकाहरुको शिक्षामा काम गरे बापत नोबेल शान्ति पुरस्कार पाएकी मलाला युसुफजाईले आफू भविष्यमा राजनीतिमा लाग्ने र प्रधानमन्त्री बन्ने सपना देखेको बताएकी छिन् । मलालाले बुधबार पुरस्कार ग्रहण गर्दै छिन् । बिबिसीसँगको कुराकानीमा मलालाले आफ्नो पढाइ पूरा गरेपछि राजनीतिमा जाने योजना रहेको बताएकी...
उदयपुर, २४ मंसिर– राजधानी काठमाण्डुका पसलमा मोबाइल तथा ल्यापटप चोरी गरेर फरार हुनेहरू उदयपुर जिल्लाको कटारीमा पक्राउ परेका छन् । काठमाण्डुका विभिन्न स्थानमा चोरी गर्ने विभिन्न गिरोहमध्ये कटारीमा आई लुकीछिपी बसेको अवस्थामा मंगलबार तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख सरोज पौडेलले...
काठमाण्डु, २४ मंसिर– ६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विविध सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा सरकार, राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका क्षेत्रमा सक्रिय संघसंस्थाले राजधानीसहित मुलुकका विभिन्न स्थानमा र्याली, अन्तरक्रिया लगायत कार्यक्रम गर्दैछन् । दिवसको यो वर्षको नारा ‘सबैका लागि...
काठमाण्डु, २४ मंसिर– अपांगताको क्षेत्रमा कार्यरत विभिन्न ४० संघसंस्थाले अपांगताको सवालमा छुट्टै बजेट छुट्याउनुपर्ने माग गरेका छन् । अपांगता भएका व्यक्तिको सवालमा सरकारको बजेट नीति तथा कार्यक्रम र भावी योजनाका बारेमा अपांगताको क्षेत्रमा कार्यरत संघसंस्था र विभिन्न मन्त्रालयका प्रतिनिधिबीच भएको बैठकमा ती संघसंस्थाले आगामी...
सिरहा, २६ मंसिर– सिरहामा महिलामाथि जबरजस्ती करणी गर्न खोज्ने एक युवकको लिंग काटिएको छ । स्थानीय एक महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने २३ वर्षीय बिल्टु मुखियाको लिंग काटिएको हो । उनले भवानीपुर– ६ मा खाजा पसल सञ्चालन गर्दै आएका एक महिलालाई जबर्जस्ती करणी गर्ने...
दाङ, २४ मंसिर– तुलसीपुर नगरपालिका–८ को महालक्ष्मी सामुदायिक वनमा मंगलबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । घाँस काट्न गएका स्थानीयवासीले मंगलबार दिउँसो वनभित्र पुरुषलाई मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पुरुषको शव नग्न अवस्थामा...
झापा, २४ मंसिर– झापाको दक्षिण– पश्चिम क्षेत्रलाई लक्षित गरी निर्माण गरिन लागेको किस्ने खोला सिँचाइ आयोजनाको सिँचाइ सचिव माधवप्रसाद रेग्मी र सभासद् दीपक कार्कीले संयुक्त रुपमा मंगलबार शिलान्यास गरे । करिब एक हजार चार सय ५० हेक्टर जग्गा सिञ्चित गर्ने उद्देश्य रहेको सो आयोजनाको...
नेपालगञ्ज– २४ मंसिर– पत्निलाई यातना दिएको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके कोहलपुरका लोकेन्द्र गिरी छन् । उनी आन्तरिक राजश्व कार्यालयका कर्मचारी हुन् । आफूलाई चरम शारीरिक र मानसिक यातना दिने गरेको भन्दै पत्नि ४५ वर्षीय तारादेवी देवकोटाले उजुरी...
काठमाण्डु, २४ मंसिर–पछिल्लो समय बढेका अपराधले नेपाली समाज क्रूर र निर्दयी हुँदै गएको देखाएको छ । नजिकका आफन्तबाट नै हत्या र बलात्कारका घटना बढ्न थालेका छन् । काठमाण्डुको डल्लुमा सोमबार दिउँसो अत्यन्तै क्रूर तरिकाले एक युवकले एक वृद्धाको हत्या गरेका छन् । प्रहरीका अनुसार...
नवलपरासी, २४ मंसिर–शिक्षकले मानसिक तनाव दिएका कारण सहपाठीले आत्महत्या गरेको भन्दै कावासोती नगरपालिका– २ स्थित सेन्ट जोसेफ बोर्डिङ स्कुलका विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आरएन विकले आत्महत्या गरेका हुन् । विकलाई सोमबार विद्यालय बोलाएर शिक्षकले बदनाम...