
झापा, २४ मंसिर– झापाको दक्षिण– पश्चिम क्षेत्रलाई लक्षित गरी निर्माण गरिन लागेको किस्ने खोला सिँचाइ आयोजनाको सिँचाइ सचिव माधवप्रसाद रेग्मी र सभासद् दीपक कार्कीले संयुक्त रुपमा मंगलबार शिलान्यास गरे ।
करिब एक हजार चार सय ५० हेक्टर जग्गा सिञ्चित गर्ने उद्देश्य रहेको सो आयोजनाको कुल लागत रु १८ करोड रहेको र आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाञ्चल सिँचाइ डिभिजन कार्यालय झापाका प्रमुख कुन्दनभक्त श्रेष्ठले जानकारी दिए ।
आयोजनाको नहरको लम्बाइ ७.५० किलोमिटर रहेको यसबाट गौरादह गाविस–३, ४, ५, ७, ८ र ९ का किसान लाभान्वित हुनेछन् ।
यस वर्ष आयोजनाका लागि रु दुई करोड विनियोजन भएको तर नहर निर्माणलाई तीव्रता दिन कम्तीमा रु पाँच करोड आवश्यक पर्नेे प्रमुख श्रेष्ठले बताए ।