आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते ३:२५ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– ६६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विविध सचेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसका अवसरमा सरकार, राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकारका क्षेत्रमा सक्रिय संघसंस्थाले राजधानीसहित मुलुकका विभिन्न स्थानमा र्‍याली, अन्तरक्रिया लगायत कार्यक्रम गर्दैछन् ।

दिवसको यो वर्षको नारा ‘सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघले भने ‘हरेक व्यक्तिका लागि वर्षैभरी मानवअधिकार’ भनेको छ ।

यसैबीच दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले  जनताको सबै खाले मानवअधिकार रक्षाका लागि सरकार पतिबद्ध रहेको बताएका छन् ।

उनले विभेद र जोखमिमा परेका समुदायको हितमा सबै मिलेर काम गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us