बलात्कार गर्नेलाई छ वर्षको जेल सजाय

काठमाण्डु टुडे २०७१ मंसिर २४ गते १३:०३ मा प्रकाशित

भक्तपुर, २४ मंसिर– पन्ध्र वर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले छ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले आज दिएको जानकारीअनुसार न्यायाधीश नागेन्द्रलाल कर्णको इजालासले मध्यपुर थिमी नगरपालिका–११ बस्ने वर्ष २२ का विशाल खड्गीलाई छ वर्ष जेल सजाय र रु एक लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।

काभ्रेपलाञ्चोक कलती भूमिडाँडा गाविस घर भई मध्यपुरथिमी नगरपालिका–१५ मा डेरा गरी बस्ने ती बालिकालाई २०७० साल जेठ २२ गतेदेखि विभिन्न प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको र बालिकाको गर्भ रहेको सार्वजनिक भएपछि परिवारको उजुरीको आधारमा प्रहरीले खड्गीलाई पक्राउ गरेको थियो ।

गर्भमा रहेको बच्चा जन्मिसकेकाले खड्गीको सम्पत्तिबाट असुल गर्ने गरी तत्कालका लागि सरकारले एकलाख क्षतिपूर्ति दिन ुपर्ने फैसला गरिएको छ । बालिकाको झूटो उमेरको विवरण दिने कलती भूमिडाँडा गाविसका सचिव रामेश्वर न्यौपानेमाथि आवश्यक कारबाही गर्न अदालतले निर्देशन दिएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us