राजनीति

म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेले

२०७० भदौ ११ गते ५:०३

काठमाण्डु, ११ भदौ– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार म्यानचेष्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । ओल्ड ट्राफडमा सोमबार राति भएको खेलमा म्यानचेष्टर र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टिमले गोल गर्ने अवसरबाट कयौंपटक चुकेका थिए । नयाँ...

कोसी अन्चल अस्पतालका डाक्टर काममा फर्के

२०७० भदौ ११ गते ४:५७

विराटनगर, ११ भदौ – असुरक्षाको कारण देखाउँदै सामूहिक राजीनामा दिएका कोसी अन्चल अस्पताल विराटनगरका चिकित्सकहरु मंगलबारबाट काममा फर्किएका छन् । स्थानीय प्रशासनले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सबै चिकित्सकहरु काममा फर्किएका हुन् । स्थानीय प्रशासनसँगको वार्तामा हातपात गर्ने व्यक्तिलाई कारबाही गर्ने र मृत्यु भएका...

ट्रेड युनियन काँग्रेसको नेतृत्व छान्न मतदान जारी

२०७० भदौ ११ गते ४:३७

चितवन, ११ भदौ – चितवनमा जारी ट्रेड युनियन काँग्रेसको राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । अध्यक्ष पदकालागि संस्थापन पक्षका पुस्कर आचार्य र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका खिलानाथ दाहाल प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै महासचिवका लागि ध्रवचन्द्र गौतम, अच्युत पाण्डे...

सिंहदरबारका सबै भवन मापदण्ड विपरित

२०७० भदौ ११ गते ०:३३

काठमाण्डु, ११ भदौ– देशमा ऐन–कानुन बनाउने र कार्यान्वयन गर्ने प्रमुख प्रशासनिक निकाय सिंहदरबार आफैले भने ऐन–कानुन पालना नगरेको पाइएको छ । विनास्विकृति र मापदण्डविपरित बनेका भवन भत्काउने र कारबाही गर्ने गरेको सरकारले सिंहदरबार भित्रका भवन भने सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ निर्माण गरेको छ...

मन्त्रिपरिषद अध्यक्ष न्यूयोर्क, मुख्यसचिव तिब्बत जाँदै

२०७० भदौ १० गते १६:४६

काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो ।...

सेना समायोजन सकिएकामा राष्ट्रसंघ खुसी

२०७० भदौ १० गते १३:५१

काठमाण्डु, १० भदौ– संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको पूर्वमाओवादी लडाकुको समायोजन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा सराहना व्यक्त गरेको छ । समायोजनको काम विधिवत रुपमा अन्त्य गर्नमा भूमिका खेलेकामा राष्ट्र संघले नेपाल सरकार, राजनीतिक नेतृत्व, सेना तथा आमजनतालाई बधाई तथा शुभकामना ज्ञापन...

मधेसवादीले मधेसको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड

२०७० भदौ १० गते ११:५८

काठमाण्डु, १० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलले मधेसी जनताको नेतृत्व गर्न नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले मधेसी दलले समग्र देश र मधेसी जनताको मुक्ति गर्न नसक्ने ठोकुवा गरे ।...

भारतीय राजदूत कार्यकाल सकाएर स्वदेश फिर्ता

२०७० भदौ १० गते १०:४७

काठमाण्डु, १० भदौ– नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी सोमबार स्वेदश फर्केका छन् । उनलाई कार्यबाहक राजदूत जयाविद मजुमदार लगायत दूतावासका अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । आइतबारै स्वदेश फर्कने कार्यक्रम रहे पनि प्राविधिक कारण देखाउँदै उनी सोमबार दिल्ली...

बाबुरामका सल्लाहकार काँग्रेसमा

२०७० भदौ १० गते १०:४५

काठमाण्डु, १० भदौ– पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई पार्टी प्रवेश गराए । कोइरालाले खनाललाई साधारण सदस्यता प्रदान गरी पार्टी प्रवेशको औपचारिक घोषणा गरे । खनालले आफू जीवनभर पार्टी काममा खटिने बताए...

पहिरोले रुकुमका तीन घरपरिवार विस्थापित

२०७० भदौ १० गते १०:४५

रुकुम, १० भदौ– पहिरोको जोखिम बढेपछि रुकुमको घेत्मा गाविसका तीन घर परिवार विस्थापित भएका छन् । निरन्तर परेको वर्षापछि खसेको पहिराले घर भत्किँदा वडा नम्बर २ का भीमदल मल्ल, हिमा मल्ल र भरतकुमार मल्लका परिवार विस्थापित बनेका हुन् । विस्थापित आफन्तकामा शरण लिएर बसिरहेका...

तनहुँमा एमाओवादीका को–को उम्मेदवार ?

२०७० भदौ १० गते १०:४४

तनहुँ, १० भदौ– आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि एकीकृत नेकपा माओवादी तनहुँले जिल्लाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । जिल्ला कमिटीको हालै बसेको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ १५ जनाको नाम...

‘देश विकास गर्न जलविद्युतको विकास अनिवार्य’

२०७० भदौ १० गते ८:३२

काठमाण्डु, १० भदौ– राष्ट्रपति रामवरण यादवले नेपालको आर्थिक विकासकालागि जलविद्युतको विकासमा जोड दिनुपर्ने बताएका छन् । विश्वमै जलविद्युतको धनी देश भए पनि नेपाल परिचित नभएको भन्दै उनले जलविद्युतको धनी देशको रुपमा परिचित गराउन अब पहल गर्नुपर्नेमा जोड दिए । काठमाण्डुमा सोमबारबाट शुरु दुईदिने उर्जा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us