सेना समायोजन सकिएकामा राष्ट्रसंघ खुसी

काठमाण्डु टुडे २०७० भदौ १० गते १३:५१ मा प्रकाशित

काठमाण्डु, १० भदौ– संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको पूर्वमाओवादी लडाकुको समायोजन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा सराहना व्यक्त गरेको छ ।
unसमायोजनको काम विधिवत रुपमा अन्त्य गर्नमा भूमिका खेलेकामा राष्ट्र संघले नेपाल सरकार, राजनीतिक नेतृत्व, सेना तथा आमजनतालाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । नेपालका लागि राष्ट्र संघीय आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले सोमबार जारी विज्ञप्ति जारी गरी संयुक्त राष्ट्र संघको मध्यस्थतामा सात वर्षअघि सुरु भएको नेपालको शान्ति प्रक्रियामा कोशेढुंगा थपिएको बताएका छन् ।
उनले विज्ञप्तिमा शान्ति सम्झौतामा व्यक्त गरिएका अन्य प्रतिबद्धता पूरा गर्न सबैको ध्यानाकर्षण समेत गराएका छन् । उनले नेपालको शान्ति र संविधान लेखन प्रक्रिया निष्कर्षमा पु¥याउन राष्ट्र संघ जस्तोसुकै सहयोगका लागि तयार रहेको समेत स्पष्ट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us