बाबुरामका सल्लाहकार काँग्रेसमा

काठमाण्डु टुडे २०७० भदौ १० गते १०:४५ मा प्रकाशित

Rameshwor-Khanalकाठमाण्डु, १० भदौ– पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
सानेपास्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई पार्टी प्रवेश गराए । कोइरालाले खनाललाई साधारण सदस्यता प्रदान गरी पार्टी प्रवेशको औपचारिक घोषणा गरे । खनालले आफू जीवनभर पार्टी काममा खटिने बताए ।

भनेको कुरा गर्ने पार्टी भएकाले काँग्रेस प्रवेश गरेको उनको भनाइ छ ।  आजीवन पार्टीमा रहेर इमान्दारीपूर्वक काम गर्छु’ खनालले भने, जे बोल्ने त्यही गर्ने पार्टी भएकाले काँग्रेसप्रति आकर्षित भएँ । विकासोन्मुख अवस्थामा रहेको नेपाललाई विकाससिल मुलुक बनाउन  लागि पर्ने प्रतिबद्धता उनको छ । सभापति कोइरालाले राष्ट्र र राष्ट्रियता कमजोर भएको अवस्थामा खनालजस्ता व्यक्तिलाई पार्टी प्रवेश गराउन पाउँदा गौरब लागेको बताए । आर्थिक विषयमा खनालसँग रहेको दक्षता पार्टीले उपयोग गर्ने कोइरालाको भनाइ छ ।
तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले नक्कली भ्याट बिल छानबिनको काम रोक्न दबाब दिएपछि मुख्य सचिवको शसक्त दाबेदार ठानिएका खनालले अर्थसचिवबाट राजीनामा दिएका थिए । खनाल माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us