मधेसवादीले मधेसको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ १० गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलले मधेसी जनताको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
prachandaपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले मधेसी दलले समग्र देश र मधेसी जनताको मुक्ति गर्न नसक्ने ठोकुवा गरे । मधेसवादी दलप्रति मोहभंग भएका जनताले विकल्पमा एकीकृत माओवादी रोज्ने दाबी उनको छ ।
एकीकृत माओवादीको काँधमा समग्र देश र मधेसलाई मुक्त गर्ने महत्वपूर्ण जिम्मेवारी आएको दाबी गर्दै उनले त्यसलाई आफूले अवसर र चुनौती दुवैका रुपमा लिएको उल्लेख गरे । जाली फटाहाहारु आफ्नो पार्टीलाई कमजोर पार्न लागिपरेको भन्दै उनले मुलुकको नेतृत्व माओवादीकै काँधमा आउने बताए ।

कार्यक्रममा फोरम लोकतान्त्रिक केन्द्रीय सदस्य रामआधार कापड र नेपाली काँग्रेस कञ्चनपुरका महासमिति सदस्य मानबहादुर सुनारलगायत एकीकृत माओवादी प्रवेश गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us