ट्रेड युनियन काँग्रेसको नेतृत्व छान्न मतदान जारी

काठमाण्डु टुडे २०७० भदौ ११ गते ४:३७ मा प्रकाशित

चितवन, ११ भदौ – चितवनमा जारी ट्रेड युनियन काँग्रेसको राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । अध्यक्ष पदकालागि संस्थापन पक्षका पुस्कर आचार्य र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका खिलानाथ दाहाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै महासचिवका लागि ध्रवचन्द्र गौतम, अच्युत पाण्डे र महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, रिता खनाल र रामजी कुवरले उम्मेदवारी दिएका छन् । पाँच जना उपाध्यक्षमा खुलातर्फ २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ भने एक महिला उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको निर्बाचन समितिले जनाएको छ ।

यस्तै उपमहासचिवका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा २ र सह–कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सदस्यतर्फ ७ महिला सदस्यका लाग २१ जना र खुलातर्फका १५ सदस्यका लागि एक सय जना चुनावी मैदानमा छन् ।

चार बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न अहिले मतदान प्रकृया जारी छ । सोमबार विहान पौने ९ बजेबाट शुरु भएको मतदान प्रकृया अपरान्ह चार बजे सक्ने लक्ष्य राखिएको छ । निर्वाचन समितिका सदस्य गोविन्द सिग्देलका अनुसार मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us