भारतीय राजदूत कार्यकाल सकाएर स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७० भदौ १० गते १०:४७ मा प्रकाशित

काठमाण्डु, १० भदौ– नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी सोमबार स्वेदश फर्केका छन् ।
jayantaउनलाई कार्यबाहक राजदूत जयाविद मजुमदार लगायत दूतावासका अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । आइतबारै स्वदेश फर्कने कार्यक्रम रहे पनि प्राविधिक कारण देखाउँदै उनी सोमबार दिल्ली गएका हुन् । तुलनात्मक रुपमा कम विवादमा परेका जयन्तले आसन्न संविधानसभा निर्वाचनसम्म नेपाल बस्ने इच्छा गरेका थिए । तर भारतीय परराष्ट्र सेवाबाट अवकाश पाउन लागेको भन्दै उनको कार्यकाल नथपिएको बताइएको छ ।

जयन्तको स्थानमा भारतले रञ्जित रेलाई नयाँ राजदूतमा नियुक्त गर्ने तयारी गरेको छ । रेले तत्कालीन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलबीच दिल्लीमा १२ बुँदे सहमति गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । रे यसै साता नेपाल आइसक्ने जानकारी भारतीय दूतावसले दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us