सिंहदरबारका सबै भवन मापदण्ड विपरित

काठमाण्डु टुडे २०७० भदौ ११ गते ०:३३ मा प्रकाशित

sinha durbarकाठमाण्डु, ११ भदौ– देशमा ऐन–कानुन बनाउने र कार्यान्वयन गर्ने प्रमुख प्रशासनिक निकाय सिंहदरबार आफैले भने ऐन–कानुन पालना नगरेको पाइएको छ ।

विनास्विकृति र मापदण्डविपरित बनेका भवन भत्काउने र कारबाही गर्ने गरेको सरकारले सिंहदरबार भित्रका भवन भने सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ निर्माण गरेको छ । सिंहदरबार भित्र बनिसकेका र बनिरहेका नयाँ भवन (राणाकालमा बनेका बाहेक) कुनैले पनि निर्माण अनुमति, नक्सा स्वीकृति र मापदण्डसमेत पालना नगरेको काठमाडौं महानगरपालिका स्रोतले जनाएको छ । महानगर क्षेत्रभित्र बन्ने सबै भवनले महानगरपालिकाबाट निर्माण अनुमति र प्रारम्भिक नक्सा पास गराउनुपर्ने प्रावधान छ ।

सो नियम पालना नगरी निर्माण गरिएका भवनलाई महानगरपालिकाले गैरकानुनी घोषित गरी भत्काउनेसम्मको कारबाही गर्छ । तर, सिंहदरबारभित्रका भवन निर्माणमा न त नक्सापास गराएको छ, न त मापदण्ड नै पालना गरिएको छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us