पहिरोले रुकुमका तीन घरपरिवार विस्थापित

काठमाण्डु टुडे २०७० भदौ १० गते १०:४५ मा प्रकाशित

रुकुम, १० भदौ– पहिरोको जोखिम बढेपछि रुकुमको घेत्मा गाविसका तीन घर परिवार विस्थापित भएका छन् । निरन्तर परेको वर्षापछि खसेको पहिराले घर भत्किँदा वडा नम्बर २ का भीमदल मल्ल, हिमा मल्ल र भरतकुमार मल्लका परिवार विस्थापित बनेका हुन् ।

विस्थापित आफन्तकामा शरण लिएर बसिरहेका छन् । पहिराकै कारण २ नम्बर वडामै रहेको बालहित प्राथमिक विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द भएपछि हप्ता दिनअघि बन्द पठन पाठन प्रभावित भएको छ । विद्यालयको पेटीबाहेक सबै प्राङ्गण पहिरोमा बगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us