कोसी अन्चल अस्पतालका डाक्टर काममा फर्के

काठमाण्डु टुडे २०७० भदौ ११ गते ४:५७ मा प्रकाशित

विराटनगर, ११ भदौ – असुरक्षाको कारण देखाउँदै सामूहिक राजीनामा दिएका कोसी अन्चल अस्पताल विराटनगरका चिकित्सकहरु मंगलबारबाट काममा फर्किएका छन् । स्थानीय प्रशासनले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सबै चिकित्सकहरु काममा फर्किएका हुन् ।

स्थानीय प्रशासनसँगको वार्तामा हातपात गर्ने व्यक्तिलाई कारबाही गर्ने र मृत्यु भएका विरामीको परिवारलाई क्षतिपूर्ति नदिने सहमति भएको छ ।

सुत्केरीको मृत्युको विषयमा विरामीका आफन्तले डा. योगेन्द्र मिश्रामाथि हातपात गरेपछि सबै चिकित्सकहरुले गत आईतबार सामूहिक राजीनामा दिएका थिए । उपचार नै रोकेर आन्दोलन शुरु भएपछि उपचारकालागि पुग्ने विरामीहरुको विचल्ली भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us