तनहुँमा एमाओवादीका को–को उम्मेदवार ?

काठमाण्डु टुडे २०७० भदौ १० गते १०:४४ मा प्रकाशित

तनहुँ, १० भदौ– आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि एकीकृत नेकपा माओवादी तनहुँले जिल्लाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । जिल्ला कमिटीको हालै बसेको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरेको एमाओवादी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतम, एमाओवादी तनहुँ पूर्वसेक्रेटरी जगन्नाथ खनाल, युवा नेत्री ओमकुमारी पौडेल, युवानेता हेमराज लामिछाने र पार्टी क्षेत्र नम्बर १ का इन्चार्ज राजेन्द्र केशरी न्यौपानेलाई सिफारिस गरिएको  छ ।  समानुपातिकतर्फ भने घनश्याम देवान, भूमिनन्द लामिछाने, विद्या क्षत्री, सीताराम अधिकारी र प्रेम तमुलाई सिफारिस गरिएको छ ।

यसैगरी क्षेत्र नम्बर २ मा  प्रत्यक्षतर्फ युवानेता ओमराज आले, सूर्यबहादुर गौली, छविलाल थापा, सुमन सेन्चुरी र भुवन सिं गुरुङलाई उम्मेदवारका रुपमा सिफारिस गरिएको एमाओवादी स्रोतले बताएको छ । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ गीता शाही, शम्भुबहादुर अधिकारी, इन्द्रबहादुर अधिकारी, रुद्रबहादुर विक र धनबहादुर पुनलाई सिफारिस गरिएको छ ।

एमाओवादीले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा तनहुँका जिल्ला इन्चार्ज रमेश सिग्देल, महिला नेत्री आशा खनाल, युवानेता विश्वजित गौतम, जनजाति नेता रामबहादुर थापा र दलित नेता दिलबहादुर नेपालीलाई सिफारिस गरेको छ । त्यस्तैगरी समानुपातिकतर्फ सर्वदा खनाल, कृष्णलाल विक, डा. बुद्धिबहादुर थापा, वीरेन्द्र श्रेष्ठ र नसुरिन मियाको नाम सिफारिस गरिएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us