राजनीति

एमालेमा उम्मेदवार छनौट प्रकृया शुरु

२०७० असोज १ गते २:२३

काठमाण्डु, १ असोज– नेकपा एमालेले मंगलबारबाट उम्मेदवार छनौट प्रकृया शुरु गर्दै छ । देशभरबाट सिफारिस भएर आएका नामावलीमध्येबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनौट गर्ने एमालेले जनाएको छ । ...

माओवादी मोर्चाले रणनीति तय गर्दै

२०७० असोज १ गते २:१५

काठमाण्डु, १ असोज– उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल भएपछि भावी रणनीति तय गर्न नेकपा–माओवादी नेतृत्वको मोर्चाको बैठक मंगलबार बस्दैछ । मोर्चाको बैठकअघि कार्यदलको बैठक बस्ने छ । कार्यदलले एजेण्डा तय गरेपछि मोर्चाको संयुक्त बैठक बस्ने माओवादी सचिव देव गुरुङले जानकारी दिए । माओवादी पार्टी...

पहिलोपटक विज्ञान दिवस मनाइदै

२०७० असोज १ गते २:१०

काठमाण्डु, १ असोज– ‘विज्ञान तथा प्रविधि देशको सम्वृद्धि’ भन्ने नाराका साथ मंगलबार नेपालमा पहिलोपटक राष्ट्रिय विज्ञान दिवस मनाइदैछ । यसअघि विक्रम संवत् २०५० सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विज्ञान सप्ताह सुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । दिवसको अवसरमा...

उच्चस्तरिय राजनीतिक समिति र ३३ दलीय मोर्चा वीचको वार्ता असफल

२०७० भदौ ३१ गते १०:१२

काठमाण्डु–उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चा वीचको वार्ता असफल भएपछि राष्ट्रपति डा रामवरण यादवको निवासमा पुगेका नेताहरुले त्यहाँबाट पनि असहमति अडान यथावत राखेर फर्किएका छन । वार्ता असफल भएपछि मंसिर ४ गतेको निर्वाचनमा नेकपा–माओवादी सहभागी हुने संभावना क्षीण बन्दै गएको...

खिलराजलाई राजीनामा गराउने खेल शुरु

२०७० भदौ ३१ गते १०:१०

काठमाण्डु, ३१ भदौ–चुनावी प्रकृयामा असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाको मागअनुसार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउन पहल शुरु भएको छ । माओवादीले रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए मंसिरकै चुनावमा सहभागी हुने बताएपछि दलहरु त्यसको गृहकार्यमा जुटेका हुन् ।...

दुई माओवादी मिल्ने देखेर काँग्रेस–एमाले डराए: प्रचण्ड

२०७० भदौ ३१ गते ९:५२

काठमाण्डु, ३१ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमाले ४ मंसिरको संविधानसभा निर्वाचन बिथोल्ने खेलमा लागेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघ केन्द्रीय समिति बैठकलाई पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार सम्बोधन गर्दै उनले दुई माओवादीबीच निकटता बढेसँगै काँग्रेस–एमाले चुनाव...

मन्त्रिपरिषद् अध्यक्ष र प्रधानसेनापतिबीच निर्वाचन सुरक्षाबारे छलफल

२०७० भदौ ३१ गते ९:२६

काठमाण्डु ३१ भदौ–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरब शम्शेर जबराबीच देशको समग्र सुरक्षा स्थितिका बारेमा सोमबार छलफल भएको छ ।  भेटका क्रममा रेग्मी र राणावीच आगामी मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सुनिश्चित गर्दै सफलतापूर्वक सम्पन्न गर्न लिइने सुरक्षा रणनीति र सुरक्षा...

प्रहरीलाई तह लगाउन युथफोर्सः बस्नेत

२०७० भदौ ३१ गते ९:२५

चितवन, ३१ भदौ– एमाले युवासंघ अध्यक्ष महेश बस्नेतले आसन्न संविधानसभा निर्वाचनमा प्रहरीलाई ठीक पार्न युथफोर्स गठन गरिएको बताएका छन् । चितवनको भरतपुरमा सोमबार भएको पत्रकार सम्मेलनमा उनले फुली लगाएका प्रहरीलाई तह लगाउन आफूले युथफोर्स गठन गरेको बताए । गत संविधानसभा निर्वाचनमा पार्टी र नेताहरुको...

दलितलाई १३ प्रतिशत निर्वाचित गराउन माग

२०७० भदौ ३१ गते ९:२२

काठमाण्डु ३१ भदौँ – एकिकृत नेकपा (माओवादी) सम्बद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले संविधानसभाको दोस्रो निर्वाचनमा १३ प्रतिशत दलितलाई निर्वाचित गराएर जनपंक्षीय संविधान बनाउन माग गरेको छ ।  मोर्चाले दोस्रो संविधानभसाको निर्वाचनको मिति सार्ने संभावनाको पनि चर्चा आएको उल्लेख गर्दै तोकिएकै समयमा संविधानसभाको निर्वाचन...

‘रेग्मीको राजीनामाको माग गैरराजनीतिक’

२०७० भदौ ३१ गते ५:११

धनकुटा, ३१ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ भन्ने माग गैरराजनीतिक भएको बताएका छन् । गृहजिल्ला धनकुटामा सोमबार पत्रकारसँग कुरा गर्दै थापाले वैद्य माओवादीले व्यक्तिको नाममा बनाएको मुद्दा राजनीतिक हुन नसक्ने तर्क गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका...

माओवादीको बन्दले सर्वसाधारणलाई कष्ट

२०७० भदौ ३१ गते ३:२७

काठमाण्डु, ३१ भदौ– नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार गराएको मध्यपश्चिम तथा पश्चिमान्चलका विभिन्न जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने विद्यालय, कलकारखाना, बजार पसल पनि नखुल्दा सर्बसाधारण मर्कामा परेका छन् ।...

पार्टी अध्यक्षलाई थाहै नदिई युथफोर्स गठन

२०७० भदौ ३१ गते ३:०५

काठमाण्डु, ३१ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले युथफोर्स गठन नहुने बताइरहँदा भ्रातृ संगठन युवा संघ नेपालले केन्द्रीय सचिव चन्द्र लामाको नेतृत्वमा युथफोर्स विभाग गठन गरेको छ । आइतबार बेलुका वीवीसी नेपाली सेवाको साझा सवालमा कुरा गर्दै अध्यक्ष खनालले अब युथफोर्स गठन नहुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us