‘रेग्मीको राजीनामाको माग गैरराजनीतिक’

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ५:११ मा प्रकाशित

subathaधनकुटा, ३१ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ भन्ने माग गैरराजनीतिक भएको बताएका छन् ।

गृहजिल्ला धनकुटामा सोमबार पत्रकारसँग कुरा गर्दै थापाले वैद्य माओवादीले व्यक्तिको नाममा बनाएको मुद्दा राजनीतिक हुन नसक्ने तर्क गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले जसरी भए पनि मंसिर चार गते नै दोस्रो संविधानसभाको चुनाव हुनुपर्नेमा जोड दिए । उनले वैद्य माओवादीलाई आफ्नो हठ छाडेर मंसिर कै चुनावमा सहभागी हुन सुझाव समेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us