
काठमाण्डू, १३ असार– आज (शुक्रबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकमा पूर्वसचिव रघुराम विष्टलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । समितिको पदावधि तीन वर्षको हुन्छ । बैठकले समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र केही दिनपछि लागु हुनेगरी अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।