माओवादी मोर्चाले रणनीति तय गर्दै

काठमाण्डु टुडे २०७० असोज १ गते २:१५ मा प्रकाशित

maoist flagकाठमाण्डु, १ असोज– उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल भएपछि भावी रणनीति तय गर्न नेकपा–माओवादी नेतृत्वको मोर्चाको बैठक मंगलबार बस्दैछ । मोर्चाको बैठकअघि कार्यदलको बैठक बस्ने छ ।

कार्यदलले एजेण्डा तय गरेपछि मोर्चाको संयुक्त बैठक बस्ने माओवादी सचिव देव गुरुङले जानकारी दिए । माओवादी पार्टी कार्यालय बुद्धनगरमा दिउँसो बस्ने बैठकमा वार्ता र सहमति प्रयासको समिक्षा गर्दै नयाँ रणनीति तय गर्ने गुरुङले बताए ।

बैठकमा चुनाव बहिस्कार आन्दोलनलाई थप प्रभावकारी बनाउनेबारे छलफल हुनेछ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन अस्वीकार गरेपछि वार्ता विफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us