माओवादीको बन्दले सर्वसाधारणलाई कष्ट

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ३:२७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपा–माओवादी नेतृत्वको मोर्चाले सोमबार गराएको मध्यपश्चिम तथा पश्चिमान्चलका विभिन्न जिल्ला बन्दले जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने विद्यालय, कलकारखाना, बजार पसल पनि नखुल्दा सर्बसाधारण मर्कामा परेका छन् ।

मोर्चाले रुकुम, रोल्पा, सल्यान, प्युठान, गुल्मी अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, कपिलबस्तु, रुपन्देही, नवलपरासी, मनाङ र मुस्ताङ जिल्ला बन्द गराएको छ ।

चुनावी प्रकृयाको विरोध गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको माओवादी नेतृत्वको मोर्चाले आइतबार ताम्सालिङ राज्यसमिति अन्तरगतका जिल्ला बन्द गराएको थियो । बन्दको काभ्रे र दोलखामा प्रतिकार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us