दुई माओवादी मिल्ने देखेर काँग्रेस–एमाले डराए: प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमाले ४ मंसिरको संविधानसभा निर्वाचन बिथोल्ने खेलमा लागेको आरोप लगाएका छन् ।
prachanda 1क्रान्तिकारी पत्रकार संघ केन्द्रीय समिति बैठकलाई पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार सम्बोधन गर्दै उनले दुई माओवादीबीच निकटता बढेसँगै काँग्रेस–एमाले चुनाव भाँड्ने खेलमा लागेको बताए । दुई माओवादीलाई भिडाएर फाइदा लिन सकिने मनस्थितिमा रहेका काँग्रेस–एमाले पार्टी एकताको चर्चासँगै आत्तिएको भनाइ उनको थियो । ‘दुई माओवादीलाई भिडाएर फाइदा लिने योजना हामीबीच निकटता बढेसँगै काँग्रेस–एमाले डराएका छन्, ‘प्रचण्डले भने, ‘उनीहरु हामी मिल्ने अवस्थामा चुनाव भाँड्न चाहन्छन् ।’

उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग पार्टी एकताबारे सकारात्मक कुराकानी भइरहेको र तत्काल एकता सम्भव नभए चुनावी तालेमेल गरेर जाने बताएको एक सहभागीले जानकारी दिए ।
वैद्य पक्ष मंसिरमै निर्वाचन गराउन सकारात्मक देखिएको जानकारी प्रचण्डले दिए । वैद्य निर्वाचनमा आए आफूहरुको सजिलै दुई तिहाई बहुमत आउने र जनअपेक्षाअनुसारको संविधान जारी हुने दाबी उनको थियो । काँग्रेस–एमालेसँग माओवादीलाई गाली गर्ने एक सूत्रीय अभियानका साथ अघि बढेको र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीता जस्ता एजेण्डा आफूहरुको भएकाले जनताले बहुमत दिने दाबी प्रचण्डको छ । DSC_2441

‘काँग्रेस–एमालेसँग हामीलाई गाली गर्नेबाहेक अर्को एजेण्डा छैन’, प्रचण्डले भने,  गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता हाम्रा एजेण्डा हुन्, त्यसैले जनताले हामीलाई बहुमत दिन्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us