हेटौँडा, २९ कात्तिक– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले आसन्न संविधानसभाको चुनावमा अन्तर्राष्ट्रिय जगतले सोचेभन्दा बढी मत खस्ने दाबी गरेका छन् । संविधान निर्माणको लागि मत हाल्न जनता उत्साहित भएको पाइएकाले बढी मत खस्ने उनको भनाइ थियो । क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरले शुक्रबार आयोजना गरेको...
म्याग्दी, २९ कात्तिक– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको निर्वाचनबाट एक वर्षभित्रमा समावेशी संविधान जारी हुने बताएका छन् । समावेशी संविधान निर्माणका लागि अन्य दलहरु सक्रिय नभएको भन्दै उनले नेपाली काँग्रेसको नेतृत्वमा एक वर्षभित्रमा मुलुकमा समावेशी संविधान जारी हुने दाबी गरे । नेपाली काँग्रेस...
काठमाण्डु, २९ कात्तिक– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको अभिमतलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको भावनाविपरीतको मताधिकारलाई निर्वाचनमा प्रयोग गर्न खोज्ने दलहरुसँग सतर्क हुन आमजनतालाई आग्रह गरेका छन् । काठमाण्डु– २ अन्तर्गत गोठाटारमा आयोजित कार्यक्रममा सोही क्षेत्रका उम्मेदवार समेत रहेका नेता नेपालले निर्वाचन बहिष्कार गर्नु...
चितवन, २९ कात्तिक– निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध राष्ट्रिय युवा जनस्वयम् सेवक ब्युरोका केन्द्रीय सचिव प्रकाश खनाल एकीकृत माओवादीमा फर्किएका छन् । चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरी खनालले आफू एकीकृत माओवादीमै फर्किएको घोषणा गरेका हुन् । उनले वैद्य...
काठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष प्रचण्ड संविधानसभा निर्वाचनपछि महिनामा एकपटक आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० को कीर्तिपुर पुग्ने प्रतिबद्धता जनाएका छन् । नागरिक अगुवाहरुले कीर्तिपुरमा शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । कार्यक्रमका सहभागीले यसअघि निर्वाचन जितेर गएपछि फर्किएर नआएको गुनासो...
वीरगन्ज, २९ कात्तिक– नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले सङ्घीय संविधान बनेपछि मधेसको आर्थिक विकासको आधार सिर्जना हुने बताएका छन् । सङ्घीय संविधान र विकासको नारा सँगसँगै लिएर नेपाल सद्भावना पार्टी चुनावी मैदानमा होमिएको बताउँदै उनले भने, ‘सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सद्भावना पार्टीलाई...
सर्लाही, २९ कात्तिक–नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मधेसवादी दल सामन्त र जमिन्दारको पार्टी भएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा शुक्रबारको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दल सामन्ती र जमिन्दारको कब्जामा रहेकोले मधेसी जनताको हित नभएको आरोप लगाए । साँचो अर्थमा...
सिरहा, २९ कात्तिक–सिरहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच विहीबार राती झडप भएको छ । अध्यक्ष प्रचण्डबाट टीका लगाएर एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो । झडपमा दुवै...
सिन्धुली, २९ कात्तिक–सिन्धुलीमा चुनाव प्रचार प्रसारको क्रममा ब्यापक आचार संहिता उल्लंघन भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले लगायत सबैजसो दलका उम्मेदवारहरुले दैनिकरुपमा भोजभतेर गर्छन् । नेपाली काँग्रेस आचार संहिता उल्लंघनमा सबैभन्दा अगाडि देखिएको छ । काँग्रेस क्षेत्र नं. २ का...
संखुवासभा, २९ कात्तिक–पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रमुख तीन दलले संविधानसभा निर्वाचनमा आफ्नो पकड बलियो देखाउन केन्द्रीय तथा लोकप्रिय नेतालाई जिल्ला भित्र्याउने होड चलाएका छन् । कसलाई भोट दिएर जिताउने भन्नेमा जनताा अलमलमा परिरहेको बेला जिल्लामा रहेका प्रमुख तीन दलका उम्मेदवारले आफूतिर मत तान्नका लागि...
काठमाण्डु, २८ कात्तिक– सरकारले संविधानसभा निर्वाचन बिथोल्नका लागि बम विष्फोट तथा आगजनीका घटनाहरु आतंककारी शैलीमा भइरहेको भन्दै सुरक्षा अवस्थालाई संवेदनशील रुपमा हेरिएको बताएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन बिथोल्ने नाममा आतंक फैलाउनेहरुलाई कडा कानुनी कारबाही गर्ने पनि बताएको छ ।...
काठमाण्डु, २८ कात्तिक– संविधानसभा निर्वाचन बहिस्कारका लागि चक्काजाम घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाका कार्यकर्ता सडकमा आउने भएका छन् । ३३ दलीय मोर्चाको बिहीबार बसेको कार्यदल बैठकले निर्वाचन बहिस्कार आन्दोलन थप शसक्त बनाउने निर्णय गरेको हो । कात्तिक २५ गतदेखि...