नेता नेपालद्वारा सतर्क हुन आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:३९ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २९ कात्तिक– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको अभिमतलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको भावनाविपरीतको मताधिकारलाई निर्वाचनमा प्रयोग गर्न खोज्ने दलहरुसँग सतर्क हुन आमजनतालाई आग्रह गरेका छन् ।

काठमाण्डु– २ अन्तर्गत गोठाटारमा आयोजित कार्यक्रममा सोही क्षेत्रका उम्मेदवार समेत रहेका नेता नेपालले निर्वाचन बहिष्कार गर्नु अलोकतान्त्रिक पद्धति भएको दोहो¥याउँदै मतदातालाई सचेत गरएका हुन् ।

मुलुकको राजनीतिक स्थिरता तथा जनताको आर्थिक र सामाजिक रूपान्तरणका लागि निर्वाचन सम्पन्न गरी संविधानका मिल्न बाँकी विषयलाई निर्वाचनपछि टुङ्गो लगाउनुपर्ने उनको भनाइ थियो । निर्वाचन सम्पन्न भएसँगै असन्तुष्ट दलसंग वार्तालाई पनि निरन्तरता दिएर उनीहरुलाई संविधान निर्माण प्रक्रियामा ल्याइनुपर्ने र संविधानलाई जारी गर्नुपर्ने नेता नेपालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us