मधेसी दल सामन्तको कब्जामा : खनाल

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ५:०९ मा प्रकाशित

Jhalanath-Khanalसर्लाही, २९ कात्तिक–नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मधेसवादी दल सामन्त र जमिन्दारको पार्टी भएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाहीमा शुक्रबारको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसवादी दल सामन्ती र जमिन्दारको कब्जामा रहेकोले मधेसी जनताको हित नभएको आरोप लगाए ।

साँचो अर्थमा मधेसको हित गर्ने पार्टी एमाले मात्रै भएको उनले जिकीर समेत गरे । आफ्नो पार्टीले बहुमत पाए मधेस र मधेसीजनताको मुक्ति गर्ने उनले उदघोष गरे । अब बन्ने नयाँ संविधानमा मधेसमा रहेको गरिबी र मधेसी समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउने विधि सुनिश्चित गरेरै छाड्ने उनको प्रतिबद्धता थियो ।
एमालेको सरकार बने हाल गाविसलाई दिइँदै आएको अनुदान रकम बढाउने उनले आश्वासनसमेत दिएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us