वैद्य माओवादीका जनस्वयम् सेवक ब्युरो सचिव एमाओवादीमा

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:३० मा प्रकाशित

चितवन, २९ कात्तिक– निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध राष्ट्रिय युवा जनस्वयम् सेवक prakash khanalब्युरोका केन्द्रीय सचिव प्रकाश खनाल एकीकृत माओवादीमा फर्किएका छन् ।
चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरी खनालले आफू एकीकृत माओवादीमै फर्किएको घोषणा गरेका हुन् । उनले वैद्य माओवादीको काठमाण्डु महाधिवेशनले कोरेको नेपाली क्रान्तिको खाकाभन्दा एकीकृत माओवादीको हेटौंले महाधिवेशनले लिएको कार्यदिशा सही लागेकाले पूरानै घर फर्किएको बताए ।

मैले लामो समयेदेखि अध्ययन गरिरहेको थिएँ’, खनालले काठमाण्डु टुडेसँग भने, ‘काठमाण्डु महाधिवेशनभन्दा नेपाली क्रान्तिकालाई निष्कर्षमा पुर्‍याउन हेटौंडा महाधिवेशनको कार्यदिशा सान्दर्भिक लाग्यो ।’ उनले आफूलाई एकीकृत माओवादीको विचार मन परेर आए पनि नेकपा–माओवादीप्रति अराजनीतिक टिकाटिप्पणी नगर्ने उल्लेख गरे ।खनालले वैद्य माओवादीका धेरै नेता–कार्यकर्ता एकीकृत माओवादी फर्कने दाबी समेत गरे ।
पर्वतका सह–इन्चार्जले पार्टी छाडे
उता नेकपा–माओवादी पर्वतका सह–इन्चाज केशवराज कुँवरले पार्टी छाडेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी उनले वैद्य माओवादीले सर्वाधारणलाई निशाना बनाएर हिंसात्मक गतिविधि गरेकाले आफूले पार्टी छाडेको बताए ।

बन्दका क्रममा सर्वसाधारणलाई लक्षित गरी देशका विभिन्न स्थानमा बम राख्ने गतिविधि भइरहेको भन्दै उनले त्यसलाई जनताविरुद्धको अपराधको संज्ञा दिए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा संविधानसभा निर्वाचनमार्फत मुलुकले निकास पाउने उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us