हेटौंडा, २ मंसिर–मकवानपुर क्षेत्र नम्बर ४ अन्तर्गत काँकडा गाविसको सिलिङ्गे मतदान केन्द्रमा लैजाँदै गरिएको दुईवटा मतपेटिका लुटिएको छ । मतपत्रलगायतका अन्य निर्वाचन सामग्री भने सुरक्षित छन् । गएराति अज्ञात समूहले मतपेटिका लुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए । उनले सुरक्षा...
काठमाण्डु, २ मंसिर– संविधानसभा निर्वाचनको मौन अवधि शुरु भएको छ । मध्यराती १२ बजेदेखि मौन अवधि शुरु भएको हो । मौन अवधि भन्नाले मतदान हुने दिनको अघिल्लो अठ्चालीस घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय हो । मत परिणाम आफ्नो पक्षमा ल्याउन डेढ...
गुलरिया, २ मंसिर–बर्दियामा एकीकृत नेकपा माओवादीका एक उम्मेदवारको घरमा शंकास्पद बस्तु फेला परेको छ । बर्दिया क्षेत्रनम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार भुवन चौधरीको घरमा शंकास्पद बस्तु फेला परेको छ । मोतिपुर ७ स्थित घरमा विहान ५ बजे शंकास्पद बस्तु देखेपछि घरका सदस्यहरुले प्रहरीलाई खबर...
सप्तरी, २ मंसिर–जिल्ला निर्वाचन कार्यालयले सप्तरीमा वितरण गरेको मतदाता परिचयपत्रमा केही त्रुटि भेटिएको छ । निर्वाचन आयोगले तयार गरेको मतदाता परिचयपत्रमा केही समान्य त्रुटि फेला परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता परिचयपत्र वितरण सुरु गरेको पहिलो दिन शनिबार सप्तरीको हरिपुर–४ निवासी परमेश्वरीदेवी...
गोरखा, १ मंसिर– गोरखाको धावा गाविसमा २०० को संख्यामा रहेका काँग्रेसका कार्यकर्ताले एमाओवादी कार्यकर्ता बिनोद नेपाली र सुवास अधिकारीलाई खुकुरी हानी गम्भीर घाइते बनाएका छन् । सोही गाविसको वडा नं ५ मा घरदैलो अभियान गरिरहेका अधिकारी र नेपालीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ...
काठमाण्डु, १ मंसिर–एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बम फेला परेको छ । कार्यालय बाहिरको सडकमा शनिबार पेट्रोल बम फेला परेको हो । साँझ साढे सात बजेतिर भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । माओवादी केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले...
काठमाण्डु, १ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जनयुद्ध नभएको भए काँग्रेस–एमालेका शीर्ष नेता अझै जेलको हावा खाइरहेको हुने टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० मा शनिबार भएको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूहरुले काँग्रेस–एमालेका नेतालाई जेलमा सड्नबाट जोगाएको बताए...
सुर्खेत, १ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले देशभर काँग्रेसका पक्षमा जनलहर उर्लिएकाले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् । २०१६...
काठमाण्डु, १ मंसिर- काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले साँच्चिकै संविधान निर्माण गर्ने हो भने अडान मात्र होइन उपाय पनि निकाल्न सक्नुपर्ने बताएका छन् । उनले संविधान निर्माण गर्नका लागि दलहरुले अडान मात्र प्रस्तुत गरेका कारण गएको संविधानसभाले संविधान निर्माण गर्न नसकेको बताएका हुन् ।...
काठमाण्डु, १ मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको निर्वाचनमा पराजित हुने दाबी गरेका छन् । काठमाण्डुको कीर्तिपुरमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई पराजित गर्न मतदातालाई आग्रह गरे । नेपालले प्रचण्डले काठमाण्डु–१० बाट उम्मेदवारी दिएर...
बुटवल, १ मंसिर– एकीकृत नेकपा माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको बहुमत आए वृद्धवृद्धालाई पेन्सनको व्यवस्था गर्ने बताएका छन् । एकीकृत माओवादी रुपन्देही–२ ले भैरहवाको बर्मेलीटोलमा शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले ‘जनता पेन्सन कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई पेन्सनको व्यवस्था...
रुपन्देही, १ मंसिर– चुनावी अभियानका क्रममा दुई पार्टीका कार्यकर्ता जम्काभेट हुँदा आपसमा हानाहान भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच शनिबार रुपन्देही–१ अन्तर्गतको देवदहमा चुनावी प्रचारका क्रममा झडप भएको हो । घरदैलौ अभियान गर्दै हिँडिरहेका एमाले कार्यकर्ता र मोटरसाइकल र्यालीबाट आउँदै गरेका काँग्रेस कार्यकर्ताबीच...