राजनीति

सरकारका प्रवक्ता भन्छन–सुरक्षाको चिन्ता लिनु पर्दैन

२०७० मंसिर ३ गते ९:०३

काठमाण्डु, ३ मंसिर–सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले कसैले पनि चिन्ता नलिई निश्चिन्त भएर मतदान गर्न आग्रह गरेका छन् । उनले सरकारले सुरक्षाको अवस्था हेरेर अतिसंबेदनशिल, संबेदनशिल र सामान्य क्षेत्रमा...

जनताको भाग्य र भविष्यको चुनाव: प्रमुख आयुक्त

२०७० मंसिर ३ गते ८:५८

काठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार हुने संविधानसभाको चुनाव नेपाली जनताको भाग्य र भविष्य भएको बताएका छन् । उप्रेतीले चुनाव स्वतन्त्र र निश्पक्ष हुनेमा विश्वास दिलउँदै चुनावको अवसर सदुपयोग गर्न आग्रह गरे । निर्वाचनको पूर्ण तयारी भएको जानकारी गराउन निर्वाचन...

एमाले उम्मेदवार प्याकुरेलका ६ वटा गाडी प्रहरी नियन्त्रणमा

२०७० मंसिर ३ गते ८:३७

राजबिराज ३ मंसिर–सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुमनराज प्याकुरेलले निर्वाचन आचारसंहिता विपरितको काम गरेपछि प्रहरीले ६ वटा गाडी नियन्त्रणमा लिएको छ । झोलामा पैसा लिएर गएका प्याकुरेलका दाई सुवोध प्याकुरेल समेत घटनास्थलबाट भागेका सप्तरीका पत्रकार वैद्यनाथ यादवले जनाएका छन । मतदातालाई...

समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउन रोक

२०७० मंसिर ३ गते ७:५९

चितवन, ३ मङ्सिर– एकपछि अर्को अप्रिय घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पनि समूहगत हिँड्डुल र समूहमा मोटरसाइकल चलाउने नपाउने व्यवस्था गरेको छ । निर्वाचन आचारसंहितालाई पूर्ण पालना गराउनका लागि स्थानीय प्रशासनले समूहगत हिँड्डुल र धेरै सङ्ख्याको मोटरसाइकलको यात्रा रोकेको चितवनका प्रमुख...

मतदानलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्देशन

२०७० मंसिर ३ गते ७:४९

काठमाण्डु, ३ मङ्सिर– मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको मतदान कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण रुपमा गराउन पूर्ण क्षमता र आत्मबलका साथ काम गर्न सरकारका चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन । मन्त्रिपरिषद् अध्यक्षको निवास बालुवाटारमा सोमबार भएको सुरक्षा स्थितिको समीक्षा बैठकमा उहाँले देशभरिका मतदान...

पहिलेको चुनावमा भन्दा अहिले बढी सुरक्षितः मन्त्री पौडेल

२०७० मंसिर ३ गते ७:४०

काठमाण्डु, ३ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले यसअघिको संविधानसभा चुनावमा भन्दा अहिले बढी सुरक्षित रहेको दावी गर्दै सुरक्षाको व्यवस्थालाई लिएर कसैले पनि चिन्ता नलिन आग्रह गरेका छन् । मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले...

खनाल र नेम्वाङलाई कारवाही माग

२०७० मंसिर ३ गते ६:०७

इलाम, ३ मंसिर–संविधान सभा निर्वाचनको मौन अवधीमा पनि एमाले अध्यक्ष झलनाथ खनाल र नेता सुभास नेम्वाङले चुनाव प्रचार प्रसार जारी राखेका छन् । आचार संहिता उल्लंघन गरेको भन्दै एमाओवादी र नेपाली काँग्रेसले खनाल र नेम्वाङलाई कारवाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । माओवादी...

प्रचण्डलाई समर्थन गर्दै तीनजनाको उम्मेदवारी फिर्ता

२०७० मंसिर ३ गते ५:२७

सिरहा, ३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बिभिन्न दलका नेताहरुले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राम औतार महतो, जनता दल युनाइटेडका जगदिश कुमार सिंह र लोकतान्त्रिक जनता पार्टी...

‘एमाओवादीबाट विस्फोट र आगजनी’

२०७० मंसिर ३ गते ५:१४

चितवन, ३ मंसिर–नेकपा एमाले चितवन जिल्ला कार्यालय र प्रचारका लागि खुलेका कार्यालयमा आइतबार एकीकृत नेकपा माओवादीले बम विस्फोट एवम् आगजनी गरेको एमालेले आरोप लगाएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा दुई र भरतपुर नगरपालिका वडा नं. ११ को प्रचार कार्यालयमा एउटा पेट्रोल बम...

काँग्रेस–एमाले झडप, ६ जना घाइते

२०७० मंसिर ३ गते ३:५०

इलाम, ३ मंसिर– इलामको नाम्सालिङमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा ६ जना घाइते भएका छन् । साँझ गाडिलाई साइड नदिएको विषयमा विवाद बढ्दै गएर आइतबार मध्यरात झडप भएको हो । दुबै तर्फका तीन–तीन जना घाइते भएको प्रहरीले जनाएको छ । काँग्रेस...

नेविसंघ अध्यक्षको परिवारमाथि आक्रमण

२०७० मंसिर ३ गते ३:४१

बाग्लुङ, ३ मंसिर– अज्ञात समूहले नेबिसंघ बाग्लुङ जिल्ला अध्यक्ष हरिहर शर्मामाथि आक्रमण गरेको छ । आक्रमणबाट शर्मासहित उनको परिवारका पाँचजना सदस्य घाइते भएका छन् । बाग्लुङको जैदी गाविसस्थित शर्माको घरमा आइतबार राती १० बजे छिरेको एक समूहले शर्मा, उनको बुवा–आमा, भाई र बहिनीलाई आक्रमण...

वैद्य माओवादी बनेपा नगर इन्चार्ज पक्राउ

२०७० मंसिर ३ गते ३:२५

काभ्रे, ३ मंसिर– नेकपा–माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कायस्थलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार राति उनलाई प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us