नेविसंघ अध्यक्षको परिवारमाथि आक्रमण

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ३:४१ मा प्रकाशित

बाग्लुङ, ३ मंसिर– अज्ञात समूहले नेबिसंघ बाग्लुङ जिल्ला अध्यक्ष हरिहर शर्मामाथि आक्रमण गरेको छ । आक्रमणबाट शर्मासहित उनको परिवारका पाँचजना सदस्य घाइते भएका छन् । बाग्लुङको जैदी गाविसस्थित शर्माको घरमा आइतबार राती १० बजे छिरेको एक समूहले शर्मा, उनको बुवा–आमा, भाई र बहिनीलाई आक्रमण गरी घाइते बनाएको हो ।

खुकुरी र लाठि प्रहारबाट घाइते भएकाहरुलाई पर्वतस्थित फलेबासमा प्राथमिक उपचार गरी थप उपचारकालागि पोखरा पठाइएको छ ।

आक्रमणबारे जानकारी पाएलगत्तै शर्माको घर जान खोजेको सूर्यदल गणको नेपाली सेनाको टोलीलाई समेत रातभर अवरोध भएको थियो । जनमोर्चाका कार्यकर्ताहरुले ढुङ्गामुढा गरी अवरोध पुर्याएकोले आक्रमणमा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीको अनुमान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us