प्रचण्डलाई समर्थन गर्दै तीनजनाको उम्मेदवारी फिर्ता

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ५:२७ मा प्रकाशित

Prachandaसिरहा, ३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बिभिन्न दलका नेताहरुले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राम औतार महतो, जनता दल युनाइटेडका जगदिश कुमार सिंह र लोकतान्त्रिक जनता पार्टी नेपालका मनोज कुमार महतोले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुले देशमा हालसम्म प्राप्त उपलब्धीका योजनाकार र शान्तिप्रकृयाको हस्ताक्षरकर्ता प्रचण्डलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् । देशलाई अग्रगमनमा लैजाने, आर्थिक सम्वृद्धि ल्याउने र मधेसको मुक्ति गर्ने काम प्रचण्डबाटै हुने उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले देश बनाउने दिर्घकालीन योजना भएको व्यक्तिको उपस्थिति संविधानसभामा अनिवार्य भएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रचण्डलाई जिताउन सकृय हुने प्रतिबद्धता पनि जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us