पहिलेको चुनावमा भन्दा अहिले बढी सुरक्षितः मन्त्री पौडेल

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ७:४० मा प्रकाशित

madhav prasad paudel-matriकाठमाण्डु, ३ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले यसअघिको संविधानसभा चुनावमा भन्दा अहिले बढी सुरक्षित रहेको दावी गर्दै सुरक्षाको व्यवस्थालाई लिएर कसैले पनि चिन्ता नलिन आग्रह गरेका छन् ।

मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले चिन्ता नलिन आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले सुरक्षामा कुनै कसर बाँकी राखेको छैन । केही क्षेत्रमा भएको छिटपुट घटनालाई लिएर असुरक्षित भयो भन्नु उचित हुँदैन । ६४ सालको निर्वाचनलाई तुलनात्मक रुपमा हेर्नु भयो भने यो पटक एकदमै न्यून घटना भएको छ । त्यसैले सुरक्षा विगत भन्दा बढी छ ।’

सरकारले सुरक्षाको अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा विभाजित गरि सोही अनुसार सुरक्षा रणनीति कार्यान्वयन गरेकोले पनि चिन्ता लिनु पर्ने अवस्था नरहेको तर्क गरे । रिपोटर्स क्लबका साक्षात्कारमा बोल्दै मन्त्री पोडेलले पौने दुई लाख सुरक्षाकर्मी मतदाताको सुरक्षाको लागि खटिएको उल्लेख गर्दै मतदातालाई निर्धक्क भएर विवेकसम्मत रुपमा मतदान गर्न आह्वान गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us