खनाल र नेम्वाङलाई कारवाही माग

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ६:०७ मा प्रकाशित

Jhalanath-Khanal-&-Subas-Nemwangइलाम, ३ मंसिर–संविधान सभा निर्वाचनको मौन अवधीमा पनि एमाले अध्यक्ष झलनाथ खनाल र नेता सुभास नेम्वाङले चुनाव प्रचार प्रसार जारी राखेका छन् । आचार संहिता उल्लंघन गरेको भन्दै एमाओवादी र नेपाली काँग्रेसले खनाल र नेम्वाङलाई कारवाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

माओवादी इलाम जिल्ला कार्यालय सचिव जीवन शर्मा र काँग्रेसका कार्यालय सचिव ज्ञानेन्द्र भक्तराजले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै विज्ञप्ती निकालेर खाला र नेम्वाङलाई कारवाहीको माग गरेका हुन् ।

खनाल इलाम क्षेत्र नम्बर १ र नेम्वाङ क्षेत्रनम्बर २ का उम्मेद्वार हुन् । उनीहरुले मोबाइल एसएमएस मार्फत भोट मागेर आचार संहित उल्लघंन गरेको एमाओवादी र काँग्रेसको दावी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us