काँग्रेस–एमाले झडप, ६ जना घाइते

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ३:५० मा प्रकाशित

इलाम, ३ मंसिर– इलामको नाम्सालिङमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा ६ जना घाइते भएका छन् । साँझ गाडिलाई साइड नदिएको विषयमा विवाद बढ्दै गएर आइतबार मध्यरात झडप भएको हो ।

दुबै तर्फका तीन–तीन जना घाइते भएको प्रहरीले जनाएको छ । काँग्रेस कार्यकर्ताहरु दीपक प्रधान, रामकुमारी प्रधान र काशीराम तिमल्सिनाको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भैरहेको छ ।

घटनालगत्तै काँग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us