सरकारका प्रवक्ता भन्छन–सुरक्षाको चिन्ता लिनु पर्दैन

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर–सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले मतदाताको लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएकोले कसैले पनि चिन्ता नलिई निश्चिन्त भएर मतदान गर्न आग्रह गरेका छन् । madhav-paudel
उनले सरकारले सुरक्षाको अवस्था हेरेर अतिसंबेदनशिल, संबेदनशिल र सामान्य क्षेत्रमा विभाजित गरि सोही अनुसार सुरक्षा रणनीति कार्यान्वयन गरेकोले पनि चिन्ता लिनु पर्ने अवस्था नरहेको तर्क गरे । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको सञ्चारमन्त्री पौडेलले पौने दुई लाख सुरक्षाकर्मी मतदाताको सुरक्षाको लागि खटिएको उल्लेख गर्दै मतदातालाई एक एक मतको महत्व भएकोले निर्धक्क भएर विवेकसम्मत रुपमा मतदान गर्न आब्हान गरे ।
उनले भने–सरकारले सुरक्षामा कुनै कसर बाँकी राखेको छैन । केही क्षेत्रमा भएको छिटपुट घटनालाई लिएर असुरक्षित भयो भन्नु उचित हुँदैन । ६४ सालको निर्वाचनलाई तुलनात्मक रुपमा हेर्नु भयो भने यो पटक एकदमै न्यून घटना भएको छ । त्यसैले सुरक्षा विगत भन्दा बढी छ ।
निर्वाचनपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र त्यसले मुलुकको राजनीतिक सामाजिक र आर्थिक जीवनमा गति लिने भन्दै विगत संविधानसभाको अनुभव लिएर दलहरुले असहमतिलार्य सहमतिमा बदल्दै समयमै संविधान निर्माण गर्ने विश्वास उनले ब्यक्त गरे ।
निर्वाचन आयोगसँग पहिलानै पत्रकार महासंघले राम्रो पहल गर्न सकेको भए अहिले पत्रकारहरुले कार्यरत क्षेत्रमै मतदान गर्ने अवस्था बन्न सक्ने भए पनि त्यस्तो नभएको भन्दै यसलाई अर्को निर्वाचनमा शिक्षाको रुपमा लिएर पहल गर्नु पर्ने उनले बताए । मन्त्री पौडेलका प्रेस सल्लाहकार मात्रिका पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन ।
उनले आचार संहिता उल्लघनको घटनामा निर्वाचन आयोगले कुनै पनि सञ्चारमाध्यमलाई कारवाही गर्न सरकारलाई अहिलेसम्म पत्र नपठाएको जानकारी पनि सो क्रममा उनले दिएका थिए ।
नेकपा–माओवादी निर्वाचन भन्दा बाहिर हुनु दुर्भाग्यपूर्ण अवस्था भए पनि आफूहरुले त्यो अवस्था आउन नदिन प्रर्याप्त प्रयत्न गरेको जानकारी दिदै बहिस्कारबादीहरुलाई हिंसाले जनता नै पीडित हुने तर्फ भने सचेत गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us