जनकपुरधाम, ६ मंसिर– एकीकृत माओवादी मधेस व्युरो इन्चार्ज तथा धनुषा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र झाले संविधानसभा निर्वाचनपछि षड्यन्त्र भएकाले आफूहरु संविधानसभामा सहभागी नहुने बताए । एमाओवादी धनुषाद्वारा विहिबार आयोजित पत्रकार सम्मेलनमा नेता झाले संविधानसभाको निर्वाचन शान्तिपूर्ण भएपनि मतपेटिका सिल गर्ने, मतगणना स्थलसम्म...
काठमाण्डु, ६ मंसिर– राप्रपाका उम्मेदवार डा प्रकाशचन्द्र लोहनीले मतदान अधिकृत बाटै धाधली भएको भन्दै नुवाकोट क्षेत्र नम्बर १ मा पुन मतदान गर्न माग गरेका छन् । विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लोहनीले क्षेत्रको लिखु गाविसमा खटिएका मतदान अधिकृत केशव तिमल्सिनाले नेपाली काँग्रेसका...
काठमाण्डु ६ मंसिर–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीलाई संबिधानसभा निर्वाचनको मतगणना बहिस्कार गर्ने निर्णय फिर्ता लिइ संबिधान निर्माण प्रक्रियामा सहभागी हुन आब्हान गरेका छन । अचानक मतगणना प्रकृया बहिस्कार गर्ने, संविधानसभामा सहभागी नहुने जस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय एकीकृत माओवादी गरेको आरोप...
काठमाण्डु, ६ मंसिर–एकीकृत नेकपा माओवादीले देशभर जारी संविधानसभा निर्वाचनको मतगणना पुनरावलोकन गर्न माग गरेको छ । अन्यथा संविधानसभामा सहभागी नहुने एमाओवादीको धारणा छ । विहीबार विहान बसेको केन्द्रीय कार्यालयको बैठकको निर्णय सार्बजनिक गर्न पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मतगणनामा धाँधली...
काठमाण्डु, ६ मंसिर– नेपाली काँग्रेसले दोस्रो संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्न एकीकृत माओवादीलाई आग्रह गरेको छ । सभापति सुशील कोइरालाले बाँके र उपसभापति रामचन्द्र पौडेलले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी जनताले गरेको फैसला स्वीकार गर्न माओवादी नेतृत्वलाई आग्रह गरेका हुन् । नेपालगञ्जमा भएको पत्रकार...
काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जनताको मतको कदर गरी लोकतान्त्रिक संस्कार देखाउन एमाओवादीलाई आग्रह गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गर्दै निर्वाचन बहिष्कार गर्छु भन्नु अलोकतान्त्रिक चरित्र भएको धारणा राखे । मतगणनास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा विहीबार पत्रकारसँग...
काठमाण्डु, ६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले बहुमतको निर्णयलाई स्वीकार्न एनेकपा (माओवादी)लाई सुझाव दिएकोे छ । सो पार्टीले विहीबार विज्ञप्ति जारी गर्दै पार्टीले चुनावको मतगणनालाई अगाडि बढ्न दिएर त्यसको परिणाम स्वीकार्न अनुरोध गरेको हो । एमाओवादीद्वारा संविधानसभाको मतगणना बहिष्कार गर्ने निर्णयलाई गम्भीर रुपमा लिएको सन्दर्भमा...
काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका टेकबहादुर गुरुङ १ हजार ५२७ मत प्राप्त गरी मनाङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा विजयी घोषित हुने पहिलो उम्मेदवार हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल्पी गुरुङले ११९२ मत पाएका छन् । राप्रपा नेपालका भुजुङ...
काठमाण्डु, ६ मंसिर–नेकपा एमालेले स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं ३ का ९ मतदान केन्द्रमा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले पुन: मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं ३ का उम्मेदवार मोहनप्रसाद पाण्डेले नेकपा एमालेले ती...
काठमाण्डु ६ मंसिर–एकीकृत नेकपा माओवादीले संबिधानसभा निर्वाचनको जारी मतगणना प्रक्रिया स्थगित गर्न माग गरेको छ । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बिहान १ बजे केन्द्रीय कार्यालय बैठक बस्नु अघि एकीकृत माओवादीले काठमाण्डु बाहिर रहेका व्यूरो इन्चार्जसहितका शिर्ष नेताहरुसँगको परामर्शपछि त्यस्तो निर्णय गरेको हो । काठमाण्डु...
काठमाण्डु, ५ मङ्सिर–चीनले नेपालमा अब बन्ने संविधानसभा शीघ्र संविधान बनाउन सफल हुने विश्वास व्यक्त गरेको छ । बिना व्यवधान निर्वाचन सम्पन्न भएकोमा चीनले त्यसको स्वागत गरेको छ । यहाँस्थित चिनियाँ दूतावासले अपराह्न एक वक्तव्य जारी गरी वार्ता र परामर्शलाई बढावा दिँदै नेपालका राजनीतिक शक्तिहरू...
चन्द्रनिगाहपुर (रौतहट), ५ मङ्सिर– चुनाव सकिएको भोलिपल्ट बुधबार रौतहटको विभिन्न गाउँमा चुनावको विषयलाई लिएर झडप भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएका झडपमा १५ भन्दा बढी घाइते भएका छन् । रौतहटको शितलपर बैरगनिया, बरियारपुर र भलोहिया गाविसमा झडप भएको हो । शितलपुर बैरगनिया १...