रामचन्द्र झाले भनेः निर्वाचनपछि षडयन्त्र भयो

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १२:०९ मा प्रकाशित

ramchandra jhaजनकपुरधाम, ६ मंसिर– एकीकृत माओवादी मधेस व्युरो इन्चार्ज तथा धनुषा क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र झाले संविधानसभा निर्वाचनपछि षड्यन्त्र भएकाले आफूहरु संविधानसभामा सहभागी नहुने बताए ।

एमाओवादी धनुषाद्वारा विहिबार आयोजित पत्रकार सम्मेलनमा नेता झाले संविधानसभाको निर्वाचन शान्तिपूर्ण भएपनि मतपेटिका सिल गर्ने, मतगणना स्थलसम्म ल्याउने प्रक्रिया पारदर्शी नभएकाे बताए । उनले मतदान स्थलदेखि मतगणना स्थलसम्म मतपेटिका ल्याउने काम शङ्कास्पद र षड्यन्त्रपूर्ण भएकाले निर्वाचनको परिणाम आफूहरुलाई स्वीकार्य नहुने बताए ।

धनुषा क्षेत्र नं २ का उम्मेदवार तथा एमाओवादी धनुषाका इन्चार्ज रामचन्द्र यादवले संविधानसभाको निर्वाचनको परिणामलाई हेर्दा देशी विदेशी प्रतिक्रियावादी शान्तिको आडमा षडयन्त्र भएको देखिएको बताए । पत्रकार सम्मेलनमा धनुषा क्षेत्र नं १ देखि ७ सम्ममा एमाओवादी उम्मेदवार रामचन्द्र झा, रामचन्द्र मण्डल, हरिदेव मण्डल, अरबिन्द साह, विजय यादव, बोधमाया यादव र राजपुरमार महतोको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us