निर्णय फिर्ता लिन एमाओवादीलाई एमालेको आब्हान

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ८:५८ मा प्रकाशित

काठमाण्डु ६ मंसिर–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादीलाई संबिधानसभा निर्वाचनको मतगणना बहिस्कार गर्ने निर्णय फिर्ता लिइ संबिधान निर्माण प्रक्रियामा सहभागी हुन आब्हान गरेका छन । Jhalanath-Khanal

अचानक मतगणना प्रकृया बहिस्कार गर्ने, संविधानसभामा सहभागी नहुने जस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय एकीकृत माओवादी गरेको आरोप लगाउँदै अध्यक्ष खनालले भनेका छन‘आम जनताको उत्साहमा सम्पन्न निर्वाचनलाई नकार्ने यस्तो गलत निर्णय अविलम्ब फिर्ता लिई मतगणना प्रकृयामा सामेल भई प्राप्त जनादेशलाई सम्मान गर्न र संविधान निर्माण प्रकृयामा समेत सहभागी हुन हाम्रो पार्टी एनेकपा (माओवादी)लाई हार्दिक आव्हान गर्दछ ।’
अध्यक्ष खनालले पहिलो संविधानसभाको निर्वाचनमा पार्टीका शीर्षस्थ नेताहरु पराजित परिणामलाई समेत स्वीकार गरेको र संविधान निर्माण प्रकृयामा इमान्दारीपूर्वक भुमिका निर्वाह गरेको पनि स्मरण गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us