
काठमाण्डु, ५ मङ्सिर–चीनले नेपालमा अब बन्ने संविधानसभा शीघ्र संविधान बनाउन सफल हुने विश्वास व्यक्त गरेको छ । बिना व्यवधान निर्वाचन सम्पन्न भएकोमा चीनले त्यसको स्वागत गरेको छ ।
यहाँस्थित चिनियाँ दूतावासले अपराह्न एक वक्तव्य जारी गरी वार्ता र परामर्शलाई बढावा दिँदै नेपालका राजनीतिक शक्तिहरू राष्ट्रिय स्थायित्व एवम् विकासका लागि चाँडोभन्दा चाँडो संविधान लेखनको प्रक्रिया पूरा गर्न सफल हुने आशा प्रकट गरेको छ ।
“चिनियाँ र नेपाली जनताको लाभका निम्ति अघि सारिएको ‘चीन–नेपाल विस्तृत साझेदारी सहयोग’ नीतिलाई निरन्तर अघि बढाउन चीन तयार रहेको छ”– अनन्तकालदेखिको चीन–नेपाल सम्बन्धको चर्चा गर्दै वक्तव्यमा भनिएको छ । रासस