काठमाण्डु, ७ मंसिर– दोस्रो संविधानसभा निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार विजयी भएका छन् । एमालेका खनालले इलाम १ बाट विजयी भएका छन् । खनालले आफ्ना प्रतिद्वन्द्वी काँग्रेसका हिमालय कर्माचार्यलाई पराजित गरेका हुन् ।...
इलाम, ७ मङ्सिर- इलाम २ का विजयी एमाले नेता सुवासचन्द्र नेम्बाङले राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । विजयी हासिल गरेपश्चात इलाममा शुक्रबारदिउँसो आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो इच्छा जाहेर गरेका हुन् । अब तपाईं नेपालको राष्ट्रपति बन्नुहुन्छ नि ? भनेर सञ्चारकर्मीले सोधेको एक प्रश्नमा...
सिन्धुपाल्चोक, ७ मंसिर– सिन्धुपाल्चोक २ मा एमाओवादीका अग्नि सापकोटा विजयी भउका छन् । एमाओवादी प्रवक्ता समेत रहेका सापकोटाले १२ हजार ५ सय ८ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी एमालेका सुवास कर्माचार्य ले १२ हजार १ सय ९१ मत ल्याएका हुन्...
गुल्मी, ७ मंसिर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग पराजित भएपछि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सान्त्वना दिएका छन् । उनले फेरि विजय सुनिश्चित हुने भन्दै मतदाता र कार्यकर्तालाई धन्यवादसमेत प्रकट गरेका छन् । विहिबार राति निर्वाचनको मत परिणाम...
बाँके, ७ मंसिर–काँग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिना शान्तिप्रक्रिया र संविधान लेखनकार्यले पूर्णता पाउन नसक्ने बताएका छन् । संविधानसभा सदस्यका लागि बाँके–३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कोइरालाले निर्वाचन परिणामले पछि परे पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डको भूमिका मुलुकका...
काठमाण्डु, ७ मंसिर–नेपाली काँग्रेसका युवा नेता गगन थापाले देशमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खाँचो रहेको बताएका छन् । काठमाण्डु क्षेत्र नम्बर ४ बाट चुनाव जितेको प्रमाणपत्र लिएपछि नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सन्चारकर्मीसँग कुरा गर्दै थापाले प्रचण्डलाई दुरदर्शी र हिम्मत नहार्ने नेताको रुपमा ब्याख्या...
काठमाण्डु, ७ मंसिर–नेकपा एमालेका ४२ जना उम्मेदवारहरु विजयी भएका छन् । रौतहट १ र काठमाण्डु २ बाट बरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन् । यसैगरी प्युठान १ र बर्दिया १ बाट उपाध्यक्ष बामदेव गौतम विजयी भएका छन् । प्यूठान २ बाट हिराबहादुर केसीले...
देशभरबाट हालसम्म नेपाली काँग्रेसका ४१ जना उम्मेदवार विजयी भएका छन् । बाँके ३ र चितवन ४ बाट सुशील कोइराला विजयी भएका छन् । यस्तै डडेल्धुरा र कैलाली ६ बाट शेरबहादुर देउवा विजयी भएका छन् भने तनहुँ २ बाट रामचन्द्र पौडेलले पनि जित हात पारेका...
राप्रपाले दुई स्थानमा विजय हासिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नम्बर ५ बाट राप्रपाका महामन्त्री विक्रम पाण्डे विजयी भएका छन् । यसैगरी धनकुटा क्षेत्र नं. २ बाट राप्रपाका सुनिल बहादुर थापा विजयी भएका छन् । तमलोपा पनि दुई स्थानमा विजयी भएको...
काठमाण्डु, ६ मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी कुनै पनि हालतमा संविधानसभामा सहभागी हुनुपर्ने बताएका छन् । बीबीसी नेपाली सेवाका लागि बिहीबार राति रवीन्द्र मिश्रसँग कुरा गर्दै उनले माओवादीबिना संविधान जारी नहुने बताए । उनले माओवादी संविधानसभामा नआउँदा प्रतिगामी शक्तिलाई फाइदा पुग्ने...
सिरहा, ६ मंसिर– सिरहामा निर्वाचन धाँधलीपूर्ण भएको भन्दै मधेसवादी दलहरुले निर्वाचन बहिष्कार गरेका छन् । मतगणनाका समयमा धाँधली भएको देखिन आएको ठहर गर्दै उनीहरुले पत्रकार सम्मेलन गरेर निर्वाचन बहिष्कार गरेको घोषणा गरेका हुन् । फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, सदभावना पार्टी, तराई मधस सदभावना पार्टी,...
काठमाण्डु, ६ मंसिर– संघीय समाजवादी पार्टीले निर्वाचनपछि मतपेटिका ल्याउने क्रममा धाँधली र षडयन्त्र भएको बताएको छ । मतदान सकिए पश्चात मतपेटिका संकलन गर्ने तथा मतगणना गर्ने क्रममा देखिएका घटनाहरुले दुःखित र क्षुब्ध बनाएको भन्दै संघीय समाजवादीले त्यस्ता घटनाप्रति आपत्ति जनाएको छ । विहिबार पार्टी...